विश्वासको मत प्राप्त नगरी पूर्ण बजेट ल्याउन मिल्दैनः पूर्व अर्थमन्त्री महत

स्वर्णिम खबर
४ जेष्ठ २०७८, मंगलवार १५:२६

४ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता एवंम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले वर्तमान सरकारले पूर्ण बजेट ल्याउन नमिल्ने बताउनुभएको छ ।

पूर्व अर्थमन्त्री महतले सरकारले विश्वासको मत प्राप्त गरि नसकेकाले पूर्ण बजेट ल्याउन नमिल्ने बताउनुभएको हो । उहाँले वार्षिक बजेट ल्याउनको लागि सरकारले विश्वासको मत प्राप्त गरेको हुनुपर्ने बताउनुभयो । सरकारले विश्वासको मत प्राप्त नगरि बजेट ल्याउनुपर्ने अवस्थामा काम चलाउ बजेट ल्याउनुपर्ने डा. महतले बताउनुभयो । बजेट विधिपूर्वक ल्याउनुपर्ने र बजेट अघिको प्रिबजेट छलफल पनि जरुरी रहेको उहाँले उल्लेख गर्नुभयो । बिगतमा पनि सरकारले अन्तरिम बजेट ल्याएको स्मरण गर्दै उहाँले अन्य राजनीतिक पार्टीहरुसँग पनि छलफल गरेर अन्तरिम÷कामचलाउ बजेट ल्याउनुपर्ने उहाँले बताउनुभयो । संविधान अनुसार, संघीय संसदको प्रतिनिधिसभामा जेठ १५ गते सरकारले आगामी आर्थिक बर्षको बजेट ल्याउनुपर्छ । तर अहिले सम्म सरकारले बजेट अधिवेशन आव्हान गरेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*