हेटौँडा बचतको अध्यक्षमा रामशरण गौतमको अस्वभाविक मोह
८ चैत्र, हेटौँडा । हेटौंडा बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष पदमा रामशरण गौतमले दाबी गरेपछि संस्थाका अन्य शेयर सदस्य चकित परेका छन् । उनी सहकारीका संस्थाको संस्थापक अध्यक्ष हुन् ।
२१ बर्ष सहकारीको ब्यवस्थापक बनेका गौतमले लामो समय हेटौडा बचत तथा ऋण सहकारी संस्थामा हाली मुहाली जमाए । आफु निकट शेयर सदस्यहरु र सञ्चालक समितिका सदस्यहरुको ब्याज मिनाहा गरेर उनी आलोचित बनेका थिए । सहकारीमा आफ्नो प्रभुत्व राख्न आफु निकट कर्मचारी नियुक्ती गरेको र शेयर सदस्यहरुको रकम निकटस्थ कर्मचारीहरुलाई चलाउन दिएको आरोप खेपीरहेका ब्यवस्थापक गौतमले नेतृत्वमा रहँदा सहकारीलाई विवादित बनाई रहे । आफु ब्यवस्थापक हुँदा तीनबर्ष अघि खरिद गरेको एटीएम मेशीन हालसम्म सञ्चालनमा ल्याउन नसकेका गौतमको मुख्य एजेन्डा नै निर्वाचन जितेपछि एटीएम मेशीन सञ्चालनमा ल्याउने छ । आफु ब्यबस्थापक हुँदा कमिशनको लोभमा खरिद गरिएको एटीएम मेशीन सञ्चालनमा ल्याउन उनी आफै अध्यक्ष बन्नुपर्ने भन्दै सहकारीका शेयर सदस्यहरु उनको हासीमजाक उडाईरहेका छन् ।
चैत्र १३ गते हुने निर्वाचनमा अध्यक्ष पदमा उम्मेद्वारी दिन गौतमले ब्यवस्थापकबाट राजीनामा समेत दिएका छन् । सामाजिक संघसंस्थामा केही समय योगदान पु¥याएपछि नेतृत्व हस्तान्तरण हुने गर्दछ । तर गौतमले हेटौडा बचत तथा ऋण सहकारी संस्थामा अस्वभाविक मोह देखाईरहेको शेयर सदस्यहरु बताउँछन् ।
संस्थापक अध्यक्ष भई २१ बर्ष ब्यवस्थापकको जिम्मेवारी सम्हालेका गौतमले नेतृत्व हस्तान्तरण गर्नु उपयुक्त हुने अधिकांश शेयरसदस्यहरुले माग गरिरहेका छन् । तर गौतम भने नेतृत्व हत्याउने दाउमा छन् । गौतमसंगै राजु वाईवाले समेत उम्मेद्वारी दिएका छन् । वाईवाले आफु सेयर सदस्य र सहकारी संस्थालाई केन्द्रमा राखेर काम गर्ने बताईरहेका छन् । जिल्ला बचत सहकारी संघका सचिव विरेन्द्र प्रसाद ढुंगानाको संयोजकत्वमा निर्वाचन समिति गठन भईसकेको छ । चैत्र १३ गते संस्थाको नयाँ कार्य समिति चयनका लागि निर्वाचन हुँदैछ ।















