४ जिपिए ल्याउने जिएसका ३ जना विद्यार्थी नगद ५० हजार सहित सम्मानित
१ जेठ, हेटौँडा । हेटौंडा ५ स्थित ज्ञानदीप शिक्षा (जि एस) निकेतनबाट एसइइ परिक्षाामा ४ जिपिए प्राप्त गर्ने तिन बिद्यार्थीहरुलाई ५० हजार रकम सहित पुरस्कृत गरेको छ ।
शुक्रबार बिद्यालयले एक कार्यक्रमको आयोजना गर्दै बिद्यालयबाट उत्कृष्ट नतिजा प्राप्त गरेका बिद्यार्थीहरुलाई रकम सहितको प्रशंसापत्र प्रदान गरेको हो । सो बिद्यालयबाट एसइइ परीक्षामा रौनक भण्डारी, समिक्षा यादव र एलेक्स घिमिरेले ४ जिपिए प्राप्त गरेका थिए । कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक इश्वर प्रसाद लामिछानेले केही बर्षअघि देखि नै बिद्यालयले मेहनत गरेको नतिजा यस बर्ष देखिएको बताउनुभयो । समुदायले माया गरेको बिद्यालय भएकोले पनि बिद्यालयले उत्कृष्ट नतिजा हासिल गरेको उहाँले बताउनुभयो ।
यसबर्ष यस बिद्यालयबाट ३ जना बिद्यार्थीहरुले ४ जिपिए प्राप्त गरेका छन् । यस बिद्यालयबाट शिक्षा परिक्षा एसइइ २०८२ मा कुल १ सय २१ जना बिद्यार्थीहरु सहभागि भएका मध्ये ५२ जना बिद्यार्थीले ३.६ जिपिए भन्दा माथि ४ जिपिएसम्म प्राप्त गरेको प्रधानाध्यापक लामिछानेले जानकारी दिनुभयो । यस्तै ५० जनाले ३.२ देखि माथि ३.५९ जिपिए सम्म प्राप्त गरेका छन् भने १७ जना बिद्यार्थीहरुले २.८ देखि ३.१९ सम्म प्राप्त गरी उत्तिर्ण भएका बिद्यालयले जनाएको छ । परिक्षामा २ जना बिद्यार्थीहरुको ननग्रेडेड नतिजा आएको पनि बिद्यालयले जनाएको छ ।
कार्यक्रममा नयाँ सञ्चालित कक्षा १० का बिद्यार्थी तथा अभिभावकहरुसँग आगामी बर्षको शैक्षिक कार्यक्रमबारे अन्र्तक्रिया समेत गरिएको छ । राष्ट्रिय परिक्षा बोर्ड हेटौंडाका प्रमुख बद्री बहादुर पाठकको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष प्रकाश बानियाँ लगायत ज्ञानदीप बहुउद्देश्यीय सहकारी सँस्थाका पदाधिकारीहरु, बिद्यालय व्यवस्थापन समितिका सदस्यहरु, शिक्षकहरु, अभिभावकहरु तथा बिद्यार्थीहरुको सहभागिता थियो ।












