हेटौंडा बचतको अध्यक्षमा वाईवा निर्वाचित
१५ चैत्र, काठमाडौँ । हेटौंडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा राजु वाइबा निर्वाचित हुनुभएको छ । वाइबाले १ हजार ६ सय १७ मत प्राप्त गर्दै विजय हासिल गर्नुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी रामशरण गौतमले १ हजार १ सय ३८ मत प्राप्त गर्नुभयो ।
निर्वाचन समितिका अनुसार कुल ३३ मत बदर भएका थिए । संस्थाको उपाध्यक्ष पदमा खडानन्द चौलागाईं १ हजार १ सय ९० मतका साथ विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी दीप प्रसाद अधिकारीले १ हजार ३३ मत र सितराम प्रधानले ३ सय ६९ मत प्राप्त गर्नुभयो ।
त्यसैगरी, कोषाध्यक्ष पदमा मोनिका पौडेल १ हजार ६ सय ४१ मतसहित निर्वाचित हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी भीमसेन गौतमले १ हजार ३५ मत प्राप्त गर्नुभयो ।
लेखा संयोजक पदमा विष्णु प्रसाद अर्जेल १ हजार ८ सय १९ मत प्राप्त गर्दै विजयी हुनुभएको छ भने अर्का उम्मेदवार कबिन पन्तले ७ सय ८८ मत प्राप्त गर्नुभयो । यसअघि नै सचिव पदमा युवराज गौतम निर्विरोध निर्वाचित भइसकेका छन् ।
संस्थाको सदस्य पदमा अम्बिका कार्की, धुर्बकृष्ण कुवँर, उर्मिला चौलागाईं र सरस्वती थापा निर्विरोध चयन भएका छन् । त्यसैगरी, लेखा समिति सदस्यमा सौरभ अधिकारी र कुसुम रिजाल तथा ऋण उपसमिति सदस्यमा कृष्णप्रसाद दाहाल र भक्तबहादुर केशी पनि निर्विरोध निर्वाचित भएका छन् ।













