हेटौंडा बचतको नवनिर्वाचित कार्यसमितिद्वारा शपथ एवम् पदभार ग्रहण

स्वर्णिम खबर
१५ चैत्र २०८२, आईतवार १७:५४

१५ चैत्र, हेटौँडा । हेटौंडा बचत तथा ऋण सहकारी संस्थाको नवनिर्वाचित कार्यसमितिले शपथ तथा पदभार ग्रहण गरेको छ ।
संस्थाको मुख्य कार्यालय हेटौंडा–७ नागस्वोतीमा आयोजित कार्यक्रममा वडा नम्बर ७ का अध्यक्ष दामोदर गौतमको प्रमुख आतिथ्यतामा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई निर्वाचन समितिका संयोजक वीरेन्द्र प्रसाद ढुंगानाले सपथ ग्रहण गराउनुभएको हो । अध्यक्षमा निर्वाचित राजु वाइवाले पदभार ग्रहण गर्दै संस्थाको साख अझ उचो बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सहकारीलाई पारदर्शी, विश्वसनीय र सदस्यमुखी बनाउनेतर्फ आफ्नो कार्यकाल केन्द्रित गर्ने बताउनुभयो ।
नयाँ कार्यसमितिमा उपाध्यक्षमा खडानन्द चौलागाई, सचिवमा युवराज गौतम र कोषाध्यक्षमा मोनिका पौडेल रहनु भएको छ । यस्तै सदस्यहरूमा अम्बिका कार्की, धुर्बकृष्ण कुँवर, उर्मिला चौलागाई, सरस्वती थापा र बिजयता सापकोटा रहनुभएको छ । त्यस्तै, लेखा समिति संयोजकमा विष्णु प्रसाद अर्जेल निर्वाचित तथा सदस्यहरूमा सौरभ अधिकारी र कुसुम रिजाल रहनुभएको छ ।
ऋण उपसमितिका सदस्यहरूमा कृष्णप्रसाद दाहाल र भक्तबहादुर केसी रहेका छ्न । कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा अध्यक्ष गौतमले सहकारी संस्थाहरू स्थानीय अर्थतन्त्रको मेरुदण्ड भएकाले पारदर्शिता र उत्तरदायित्वका साथ काम गर्न सुझाव दिनुभयो । संस्थाको २५ वर्षे इतिहासमा पहिलो पटक निर्वाचनमार्फत नेतृत्व चयन भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*