आगामी बजेट संसद्बाटै आउने प्रधानमन्त्रीको संकेत

स्वर्णिम खबर
२ जेष्ठ २०७८, आईतवार १९:०१

२ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेट संसदबाटै ल्याउने संकेत गर्नुभएको छ ।
आइतबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयस्थित वरिष्ठ नेता माधव कुमार नेपालसँगको भेट पछि सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिदैँ प्रधानमन्त्री ओलीले संसद जिवित रहेको भन्दै आगामी आर्थिक वर्षको बजेट संसदबाटै आउने संकेत गर्नुभएको हो । बजेट अध्यादेशबाट आउँछ भन्ने शंका छ नि भन्ने जिज्ञासामा प्रधानमन्त्री ओलीले ‘पार्लियामेन्ट जीवित छ’ भन्ने संक्षिप्त प्रतिक्रिया दिनुभएको हो ।
प्रधानमन्त्री ओली संविधानको धारा ७६(३) अनुसार, संसदको सबैभन्दा ठुलो दलको नेताको हैसियतमा बैशाख ३१ गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । उहाँले अब ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । आफ्नै पार्टी नेकपा एमाले भित्रको विवाद संगै संसदको बजेट अधिवेशन आव्हान गर्न ढिलाई हुनुले सरकारले फेरि पनि संसद विघटन गरि अध्यादेशबाट बजेट ल्याउने हो कि भन्ने आशंका राजनीतिकवृतमा गर्न थालिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*