हातेमालो टोल बिकास संस्थाको वार्षिक साधारणसभा सम्पन्न

स्वर्णिम खबर
१६ माघ २०८१, बुधबार १९:०९

१६ माघ, हेटौँडा । हातेमालो टोल बिकास संस्थाको १८ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
हेटौंडा १० गोरक्षेस्वोर मन्दिरमा भएको भेलामा कार्यवाहक अध्यक्ष सुदर्शन पौडेलको सभाध्यक्षमा भेला सम्पन्न भएको हो । हेटौंडा उपमहानगरपालिकाका सामाजिक बिकास महाशाखाका प्रमुख भिम प्रसाद तिमल्सिनाको प्रमुख आतिथ्यतामा भएको भेलामा टोल बिकास नगर समन्वय समितिका अध्यक्ष ध्रुव अधिकारी, उपमहासचिव देवकुमार श्रेष्ठ , हेटौंडा उपमहानगर १ नं.वडाका वडा सदस्य मनु दाहाल, रामकृष्ण अधिकारी , अमर माध्यमिक विद्यालय ब्यबस्थापन समितिको अध्यक्ष जानकी गिरी, टोल बिकास वडा समन्वय समिति १ नं.वडाका संयोजक रुपा ढुंगाना, तरकारी तथा फलफुल ब्यबसायका उपाध्यक्ष बिमल पौडेल लगायतको उपस्तिथि रहेको थियो ।
भेलाले अध्यक्ष र कोषाध्यक्षको प्रतिबेदन अनुमोदन गर्दै नया कार्य समिती चयन गरेको छ । नया कार्यसमितिमा सुदर्शन पौडेल अध्यक्ष,हरि श्रेष्ठ उपाध्यक्ष, पुरुसोत्तम पौडेल सचिव, किसन घिसिङ उपसचिव , शिला श्रेष्ठ कोषाध्यक्ष तथा रिता श्रेष्ठ, अनिता थापा, सावित्री थापा, मुना लामा, प्रशान्त अर्याल र अनुश्का अर्जेल गरि ११ सदस्यीय रहेको छ ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*