पहिलो अधिवेशनको सम्पूर्ण तयारी पुराः प्रदेश सचिव खड्का

स्वर्णिम खबर
२६ मंसिर २०७९, सोमबार १५:४१

२६ मंसिर, हेटौँडा । बागमती प्रदेशसभा सचिवालयले पहिलो प्रदेशसभा अधिवेशनको तयारी पुरा भएको जनाएको छ ।
सोमबार बागमती प्रदेश सचिवालयमा पत्रकार सम्मेलन गर्दै प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिनुभएको हो । पत्रकार सम्मेलनमा सचिव खड्काले सर्वदलीय बैठक बस्नुपर्ने, सम्भावित कार्यसुची निर्माण, सांसदहरुलाई स्वागत तथा सपथ ग्रहण गर्नुुपर्ने, सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने, प्रथम प्रदेश सभाको विषयहरु र अधिवेशन आह्वान लगायतका विषयहरु तयारीमा अवस्थामा रहेको बताउनुभयो । उहाँले प्रदेशसभाको बैठक कक्षमा रङरोगन सहितका मर्मतका कामहरु सम्पन्न भएको उल्लेख गर्नुभयो । त्यसबाहेक सभामुख, उपसभामुखको कार्यकक्षलाई रि–डिजाईन गर्ने काम पनि सकिएको सचिव खड्काको भनाई छ । १ सय १० सदस्यीय प्रदेश सभामा बागमती प्रदेशमा नेपाली कांग्रेसले ३७ सिट, एमाले २७ सिट, माओवादी केन्द्रले २१ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले १३ सिट पाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*