नागरिकको अधिकार र आत्मसम्मानको विषयमा काँग्रेसले कुनै सम्झौता गर्दैनः सभापति थापा

स्वर्णिम खबर
३ जेष्ठ २०८३, आईतवार १७:४०

३ जेठ, काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले नागरिकको आत्मसम्मान र मौलिक अधिकारको सन्दर्भमा कसैसँग कुनै सम्झौता नगर्ने बताउनुभएको छ ।
प्रजातान्त्रिक विचार समाज, नेपालको साधारणसभामा बोल्दै उहाँले संविधानले प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार दिएको स्मरण गराउँदै नागरिक अधिकारको सवालमा कांग्रेस सधैं स्पष्ट रूपमा उभिने बताउनुभयो । सरकारले नागरिक अधिकारलाई कुण्ठित गरेर सुकुम्बासी बस्तीमा डोजर चलाएको उहाँको आरोप छ । सभापति थापाले नेता वा सरकार संविधानभन्दा माथी नहुने बताउनुभयो ।
सुशासनका नाममा नागरिक अधिकारलाई कमजोर पार्ने अभ्यास स्वीकार्य नहुने उहाँको भनाई छ । सरकार पनिसंवैधानिक सीमाभन्दा माथि जान नसक्ने उल्लेख गर्दै उहाँले लोकतन्त्रबाट परिणामसँगै नागरिक अधिकारको सुरक्षा सुनिश्चित हुनुपर्ने बताउनुभयो । कानूनी परिधिभित्र रहेर गरिने सुशासन, शिक्षा, स्वास्थ्य, रोजगारी र कृषि क्षेत्रका सकारात्मक काममा भने काँग्रेसको पूर्ण समर्थन रहने उहाँले बताउनु भयो । सभापति थापाले लोकतन्त्र, संविधान र नागरिक अधिकारको रक्षाको लागी काँग्रेसले सडक र सदनबाट सधै सर्षघ गरिरहने बताउनु भयो ।
त्यसैगरी सभापति थापाले पार्टीमा देखिएको विवाद समाधानको लागि आफूले कोशिस गरिरहेको बताउनुभयो । उहाँले १४ औँ महाधिवेशनबाट केन्द्रिय समितिमा निर्वाचित नेताहरूलाई पुनः जिम्मेवारीमा ल्याउन तयार रहेको उल्लेख गर्नुभयो । महाधिवेशनबाट निर्वाचित धेरै अग्रज नेताहरू हाल केन्द्रिय समितिबाट बाहिर रहेको उल्लेख गर्दै सभापति थापाले सबै नेताहरुसंग मिलेर काम गर्न चाहेको बताउनु भयो ।
उहाँले पार्टीमा विशेष मधिवेशन पक्षधर र विशेष मधिवेशन विपक्षी भनेर कसैलाई पनि भेदभाव नगरि सबैलाई समान अवसर दिने प्रश्ताव गरेको बताउनु भयो । सदस्यता अध्यावधिक प्रक्रियालाई लिएर पार्टीभित्रै विरोधको लहर चलाइएकोप्रति पनि उहाँले असन्तुष्टी जनाउनु भयो ।
काँग्रेसले एकजुट भएर गुमेको १० लाख शुभेच्छुक र समर्थकको मत पुन फिर्ता गर्ने गरि काम गर्नुपर्ने सभापति थापाले बताउनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*