होम एण्ड अवेको अवधारणमा नेपाल सुपर लिग हुने

स्वर्णिम खबर
३ जेष्ठ २०८३, आईतवार १७:४७

३ जेठ, काठमाडौँ । होम एण्ड अवेको अवधारणमा नेपाली फुटबलको फ्रेन्चाइज नेपाल सुपर लिग (एनएसएल) को चौथो संस्करण भदौमा आयोजना हुने घोषणा भएको छ ।
आयोजक नेपाल स्पोट्र्स एण्ड इभेन्ट म्यानेजमेण्ट (एनएसइएम) ले नयाँ ढाँचाका साथ आगामी संंस्करण भदौ २० गतेदेखि शुरु गर्न लागेको हो । पछिल्लो संस्करण सन् २०२५ को मार्चमा भएको थियो । तर एक वर्ष बितिसक्दा पनि अन्योलमा रहेको चौथो संस्करण अन्ततः आगामी भदौमा होम एण्ड अवे प्रणालीमा हुने भएको हो ।
आयोजकले आईतवार पत्रकार सम्मेलनमा आयोजना गर्दै आगामी संस्करणको बारेमा जानकारी दिएको हो । नेपाल स्पोट्र्स एण्ड इभेन्ट म्यानेजमेण्ट (एनएसइएम) निर्देशक श्रेयान्स कार्कीले आगामी संस्करणमा फ्रेन्चाइज टोलीको सहभागिता बढाइने र होम एण्ड अवेको आधार खेल सञ्चालन हुने बताउनुभयो । साथै सात फ्रेन्चाइज टोलीको शहरमध्ये पाँच ६ वटा शहरमा खेल सञ्चालन हुनसक्ने उहाँको भनाइ छ ।
पहिलो संस्करणमा सात, दोस्रो संस्करणमा आठ र तेस्रो संस्करणमा भने आठ फ्रेन्चाइज टोलीले लिगमा प्र्रतिस्पर्धा गरेका थिए । आगामी संस्करणदेखि भने १०÷१२ टोली हुन सक्ने आयोजकले जनाएको छ । यसअघि प्रतियोगिता राजधानी काठमाडौंमा मात्र हुँदै आएको थियो । नयाँ ढाँचासँगै सहभागी टोलीहरूले आफ्नै घरेलु मैदानमा पनि खेल खेल्न पाउनेछन् । चार महिना लिग हुने भएकाले नेपाली फुटबल व्यस्त रहने आशा गरिएको छ । गत संस्करणको ललितपुर सिटी एफसीले फाइनलमा पोखरा थन्डर्स लाई हराउँदै उपाधि जितेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*