चुनावले देशमा राष्ट्रियताको संरक्षण गर्छः कमल थापा

स्वर्णिम खबर
४ मंसिर २०७९, आईतवार १०:५६

४ मंसिर, हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले मतदान गर्नुभएको छ ।
अध्यक्ष थापाले हेटौंडा ६, चौघडास्थित वंशगोपाल मा.वि.मा रहेको मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । मकवानपुर क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवारसमेत रहनुभएका उहाँले मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै यो निर्वाचन देशमा राष्ट्रियताको संरक्षण, लोकतन्त्रको सुदृढीकरण, सुशासन र आर्थिक समृद्धिको लक्ष्य हाँसिल गर्न कोशेढुंगा साबित हुने बताउनु भयो । उहाँले निर्वाचनरुपी वाम प्रजातान्त्रिक अभ्यासमा सहभागी हुँदा खुशी लागेको बताउनु भयो ।
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन आज देशभर नै एकै चरणमा सम्पन्न हुँदैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*