बागमती प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश जारी

स्वर्णिम खबर
१२ आश्विन २०७९, बुधबार १५:२१

१२ असोज, हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले बुधबार प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्नुभएको छ ।
प्रदेश मन्त्रिपरिषद्को भदो २७ गते निर्णय भई असोज ११ गते प्रदेश प्रमुख कार्यालयमा पेश भएको अध्यादेश प्रदेश प्रमुख शर्माले आज जारी गर्नुभएको हो । उहाँले संविधानको धारा २०२ को उपधारा (१) बमोजिम अध्यादेश जारी गर्नुभएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता प्रकाश चापागाईंले जानकारी दिनुभयो । अध्यादेशले प्रदेशभित्रको स्वास्थ्यतथा जनसंख्या सेवा सम्बन्धी काम कारवाहीलाई प्रभावकारी नियमन गर्न तथा नितीगत निर्देशनका लागि स्वास्थ्यमन्त्रीको अध्यक्षतामा प्रदेश स्वास्थ्य तथा जनसंख्या समिति गठन हुने व्यवस्था गरेको छ । यसैगरी अध्यादेशले प्रदेश सरकार मातहतका अस्पताल र आयुर्वेद स्वास्थ्य केन्द्रका लागि छुट्टाछुट्टै स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समिति गठन हुने व्यवस्था गरेको छ । अध्यादेशले यसअघिको प्रदेश सरकारबाट जारी ‘प्रदेशभित्रका अस्पतालको संचालन र व्यवस्थापन आदेश, २०७५खारेज गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*