संविधानको रक्षा गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री पाण्डे

स्वर्णिम खबर
३ आश्विन २०७९, सोमबार १४:०६

३ असोज, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले गणतन्त्र र संविधानको रक्षा गर्दै त्यसको पूर्ण पालना गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।
संविधान दिवस तथा राष्ट्रिय दिवस २०७९ को अवसरमा प्रदेश सरकारले हेटौंडामा आयोजना गरेको सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले प्रदेश सरकार संविधानको मर्म र भावनालाई पालना गर्दै जनताको जीवनमा महसुस हुनेगरी कार्यान्वयन गर्न तयार रहेको उल्लेख गर्नुभयो । सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालत तथा स्थानीय तहमा न्यायिक समिति निर्माण गरी न्यायमा सबै जनताको सर्वसुलभ पहुँच स्थापना भएको मुख्यमन्त्री पाण्डेले बताउनुभयो । संविधानले प्रदान गरेको अधिकार अझै स्थापित हुन नसकेकोमा चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री पाण्डेले संविधानलाई अक्षरस कार्यान्वयनको चरणमा लैजान सके मुलुकमा विद्यमान अस्थिरता हटेर जाने बताउनुभयो ।

मन्त्रिपरिषद्बाट निर्णय गरी प्रदेशमा नेपालीसहित नेवारी भाषा र तामाङ भाषा सरकारी कामकाजको लागि प्रयोग हुने व्यवस्था मिलाइएको मुख्यमन्त्री पाण्डेले बताउनुभयो । संविधान दिवसको अवसरमा हेटौंडामा झाँकीसहितको ¥यालीले बजार परिक्रमा गरेको थियो भने कार्यक्रममा विभिन्न जातजाति भेषभुषा भल्कने नृत्य प्रस्तुत गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*