अहिले नै संघीयता महंगो भयो भनेर भन्नु उचित हुँदैनः मुख्यमन्त्री पाण्डे

स्वर्णिम खबर
१ आश्विन २०७९, शनिबार १९:१९

१ असोज, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले संघीयता जोगाउन सबै लाग्नुपर्ने बताउनुभएको छ ।
बागमती प्रदेशसभा सचिवालयले शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री  पाण्डेले प्रदेश खारेज गर्नुपर्ने भन्दै संघीयतामाथि नै हमला भइरहेको बताउनुभयो । अहिले नै संघीयता महंगो भयो भनेर भन्न नमिल्ने उहाँले बताउनुभयो । संघीय सरकारको केन्द्रिकृत मानसिकताकै कारण प्रदेश सरकार राम्रो संग चल्न नसकेको उहाँले बताउनुभयो । मुख्यमन्त्री पाण्डेले काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरलाई केन्द्र सरकारले अलग प्रदेश बनाउन खोजको आरोप लगाउनुभयो ।
सम्बोधनको क्रममा मुख्यमन्त्री पाण्डेले आफ्नो नेतृत्वको सरकारले जनमुखी काम गरेको दाबी गर्नुभएको छ । अघिल्लो सरकारको योजनाहरुलाई आफ्नो नेतृत्वको कारण सरकारले नकाटेको उहाँले स्पष्ट पार्नुभयो । सार्वजनिक सवारीसाधनहरुलाई क्यासलेस प्रणाली विकास गर्न सरकार लागिपरेको मुख्यमन्त्री पाण्डेले दाबी गर्नुभयो । उहाँले प्रदेशको सिंहदरबार हटियामा बनाउन केही दिनमा नै जग्गा प्राप्त हुने बताउनुभयो । मुख्यमन्त्री पाण्डेलले प्रदेशको १३ वटै अस्पतालमै डायलायलासिस सहितको स्वास्थ्य सेवा उपलब्ध गराउने पनि बताउनुभयो । प्रदेशसभाका सदस्यहरुको कार्यकाल सकिएपछि औपचारिक रुपमा बिदाई गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*