सिंहदरबारले स्थानीय तहमा अधिकार दिन चाहेनः पूर्व मुख्यमन्त्री पौडेल

स्वर्णिम खबर
२० भाद्र २०७९, सोमबार १२:४५

२० भाद्र, हेटौँडा । बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणी पौडेलले संघीय सरकारका कारण स्थानीय र प्रदेश सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाउनुभएको छ ।
प्रदेश राजधानी हेटौँडामा सोमवार भएको संघीयता सवलिकरण सम्बन्धी छलफलमा बोल्दै उहाँले संघीय सरकारको मानसिकतामा परिवर्तन नभएसम्म प्रदेश र स्थानीय सरकारका कामकारवाही प्रभावकारी बन्न नसक्ने बताउनुभएको हो । संघीय सरकारका कारण प्रदेश सरकारले आफ्नो कामको प्रदर्शनलाई देखाउन नसकेको गुनासो गर्नुभयो । उहाँले संघीय सरकार नै प्रदेश र स्थानीय सरकारलाई सवल बनाउन नचाहिरहेको दाबी गर्नुभयो । उहाँले संघीय सरकारले प्रदेश र स्थानीय सरकारको हात बाँधेर राखेको दाबी गर्नुभयो ।
संघीयता आउने बित्तिकै दिल्लिका केजरीवालले जस्तो काम गर्नुपर्ने मानसिकता राखिएको उल्लेख गर्दै उहाँले दिल्लीको जस्तो अधिकार नेपालको प्रदेश सरकारलाई संघ सरकारलै दिएको छ कि छैन भन्ने मूल्यांकन गर्ने काम नभएको गुनासो गर्नुभयो । उहाँले संघीयता प्रणाली आफैँमा नकारात्मक नभएको तर केही बुद्धिजीवीले नकारात्मक प्रचार गर्ने काम भएको आरोप लगाउनु भयो । उहाँले संघीयता बलियो बनाउन के कस्ता बाधाहरु छन् भन्ने बारेमा मात्रै छलफल चलेको बताउनु भयो । पूर्व मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले विकास निर्माणको काममा अहिलेसम्म नभएका काम गरेको ठोकुवा गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*