अब कुनै चुनाव नलड्ने पूर्व मुख्यमन्त्री पौडेलको घोषणा

स्वर्णिम खबर
१० भाद्र २०७९, शुक्रबार १७:४७

१० भाद्र, हेटौँडा । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणी पौडेलले अब कुनै चुनाव नलड्ने घोषणा गर्नुभएको छ ।
मंसिर ४ को प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा आफू उम्मेदवार नहुने उहाँले प्रष्ट पार्नुभयो । मकवानपुरको १ बाट प्रतिनिधिसभाको सम्भावित उम्मेदवारको रूपमा चर्चा भइरहेका बेला पौडेलले सामाजिक सञ्जाल मार्फत उक्त घोषणा गर्नुभएको हो । अहिलेको समाजले विगतमा परीक्षण भइसकेका जनप्रतिनिधिको सट्टामा नयाँ अनुहार खोजेको यथार्थलाई नजरअन्दाज गर्न नमिल्ने उहाँले बताउनुभयो । पूर्व मुख्यमन्त्री पौडेलले राजनीति लहड, रहर र दबाब मात्रैले नचलि आवश्यकताको वस्तुपरक मूल्यांकनले निर्धारण गरेका कडिहरूका आधारमा उमेद्वार चयन गर्न चुकियो भने परिणाम अनपेक्षित हुनसक्ने बताउनुभयो । यसअघि पौडेल मकवानपुरको क्षेत्र नंबर १ को ‘क’ बाट वागमती प्रदेशसभा सदस्यमा विजयी हुनुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*