अहिलनै प्रदेश विरुद्ध टिकाटिप्पणी गर्न अनुचितः मन्त्री खनाल
२ भाद्र, हेटौँडा । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण प्रसाद शर्मा खनालले प्रादेशिक संरचना खारेजीको माग गर्ने बेला नभएको बताउनुभएको छ ।
बिहीबार हेटौंडास्थित मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री खनालले प्रादेशिक संरचना खारेजीको विषयमा केही आवाज उठेपनि तत्काल टिकाटिप्पणी गर्नु गलत हुने दावी गर्नुभएको छ । प्रदेश स्थापना भएको धेरै समय नभएकोले यस विषयमा प्रश्न उठाउनु उचित नभएको मन्त्री खनालले जिकिर गर्नुभयो । संघीयताको मेरुदण्डको रुपमा रहेको प्रादेशिक संरचनालाई सिर्जनात्मक रुपमा अगाडि बढाउन कानुनहरु परिमार्जन गर्दै लगेको उहाँले बताउनुभयो ।
उहाँले पर्याप्त जनशक्तिको अभाव, समयमा संघीय कानुन निर्माण नगर्दा प्रदेशले समस्या झेल्नु परेको स्वीकार गर्नुभयो । मन्त्री खनालले अध्यादेश जारी गर्नु प्रदेश सरकारको बाध्यता भएको बताउनुभयो । प्रदेशसभालाई छलेर अध्यादेश ल्याउनु आफुहरुको कुनै षडयन्त्र नभएको उहाँले उल्लेख गर्नुभयो । यस अघि ल्याईएको केहि अध्यादेश समय अभावको कारण प्रतिस्थापन विधियेक मार्फत कानुन बनाउन नसकिएको भन्दै उनले सोहि कारण यो पटक पुनः ल्याउनु परेको उल्लेख गर्नुभयो ।













