स्थायी संरचना नबन्दा मन्त्रालयका भवनहरु भाडाकै घरमा

स्वर्णिम खबर
२४ श्रावण २०७९, मंगलवार १८:२९

२४ श्रावण, हेटौँडा । बागमती प्रदेश सरकार गठन भएको साढे चार वर्ष पुग्दा पनि मुख्यमन्त्री कार्यालयदेखि मन्त्रालयहरु पुराना भवन र भाडाका घरमा सञ्चालनमा छन् ।
साढे चार वर्षको अवधि सम्म पनि मन्त्रालयहरु कहाँ निर्माण गर्ने भनेर प्रदेश सरकारले निर्णय गरिसकेको छैन । तत्कालिन मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकारले मुख्यमन्त्री कार्यालय र अन्य केही मन्त्रालय निर्माण गर्नका लागि डिपिआर निर्माण गरिसकेको छ । राजेन्द्र पाण्डेको सरकार गठन भएदेखि जग्गाको खोजीमा गर्नु बाहेक केही काम भएको देखिदैंन । मुख्यमन्त्री कार्यालयको भवन र मन्त्रालयको भवन अझै कहाँ बनाउने भनेर तय भइ नसकेको मुख्यमन्त्री कार्यालयले जनाएको छ । यता मुख्यमन्त्री राजेन्द्र पाण्डेले भने जमिनको अधिकार केन्द्रले प्रदेशलाई हस्तान्तरण नगर्दा संरचना निर्माणका कठिनाई भएको बताउनुभयो । आर्थिक वर्ष २०७९÷०८० को बजेटमा समेत संरचना निर्माणको लागि आवश्यक रकम बिनियोजना गरिएको उहाँले दाबी गर्नुभयो ।
हेटौंडा–१ चौकिटोलमा श्रम कार्यालयलेका लागि निर्माण गरिएको भवनमा अहिले पनि चार वटा मन्त्रालय छ । अहिले आर्थिक मामिला मन्त्रालय र केही मन्त्रालयहरुले निर्माण गरेका भवनहरु पनि अस्थायी रुपमा निर्माण गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*