बागमती प्रदेशः प्रदेशसभाबाट पास हुन नसकेको अध्यादेशलाई पुनः ल्याउने तयारी

स्वर्णिम खबर
१६ श्रावण २०७९, सोमबार १६:२६

१६ श्रावण, हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेशसभाबाट पास हुन नसकेको अध्यादेशलाई पुनः ल्याउने तयारी गरेको छ ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश , निजामति सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र प्रदेश युवा परिषद् ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेशलाई प्रदेश सरकारले पुनः ल्याउन लागेको हो । आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले यस अघि जारी गरेको अध्यादेश पूर्ण रुपमा कार्यान्वयनमा गएकाले नियमित कामकाज संचालनका लागि पनि अध्यादेश ल्याउनुको अर्को विकल्प नरहेको बताउनुभयो । सरकारका तर्फबाट अध्यादेशको सम्पूर्ण तयारी पूरा गरेर मन्त्रीपरिषदबाट पास गर्न मात्र बाँकी रहेको मन्त्री शर्माको भनाइ छ । यता अध्यादेश जारी गर्न बस्ने भनिएको मन्त्रीपरिषद् बैठक स्थगित भएको छ । मुख्यमन्त्री राजेन्द्र पाण्डेको स्वास्थ्यमा समस्या देखिएपछि बैठक स्थगित भएको हो । प्रदेश सरकारले गत फागुनमा जारी गरेको ५ वटा अध्यादेश मध्ये ४ वटा अध्यादेश प्रदेशसभाबाट फेल भएको थियो । सरकारले जारी गरेको अध्यादेशहरूलाई प्रतिस्थापन गर्न विधेयक ल्याएपनि त्यसका थुप्रै त्रुटि र संशोधनको प्रस्ताव परेपछि ति अध्यादेश पूर्णरुपमा निष्क्रिय भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*