बागमती प्रदेशसभाको १० औं अधिवेशन अन्त्य
१० श्रावण, हेटौडा । बागमती प्रदेश सभाको जारी दशौं अधिवेशन अन्त्य भएको छ । प्रदेशसभा सचिवालका सचिव कृष्णहरि खड्काले एक सूचना जारी गर्दै अधिवेशन अन्त्य भएको जानकारी गराउनुभएको हाे।अधिवेशन अन्त्यको लागि बागमती प्रदेश सरकारले सिफारिस गरेपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम बमोजिम सोमबार राती १२ बजेदेखि लागु हुने गरी प्रदेश सभाको दशौं अधिवेशन अन्त्य गर्नुभएकाे हाे । १० औँ अधिवेशन बजेटमा केन्द्रीत थियो ।













