बागमती प्रदेशसभामा ५ वटा अध्यादेश स्वीकृत
२९ असार, हेटौँडा । बागमती प्रदेशसभा बैठकबाट पाँच वटा अध्यादेश स्वीकृत गरिएको छ ।
प्रदेश सरकारले पहिले ल्याएका पाँच वटा अध्यादेश स्वीकृत गरिएको हो । बागमती प्रदेशको बुधरबारको बैठकले ५ वटा अध्यादेश स्वीकृत गरेको हो । प्रदेशसभा बैठकले ४ वटा अध्यादेश सर्वसम्मतले र एउटा अध्यादेश बहुमतले स्वीकृत गरेको छ । बैठकले ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’, ‘स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’, ‘विभूषण सिफारिस तथा सम्मान र पदक सम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश’ स्वीकृत गरेको हो । यसैगरी, ‘मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश’ र ‘प्रदेश युवा परिषद् ऐन,२०७६ लाई संशोधन गर्न बनेको अध्यादेश’ स्वीकृत गरेको हो । बैठकमा प्रदेश मामिला समितिका सभापति माधव प्रसाद पौडेलले केही प्रदेश ऐन संशोधन गर्न बनेको विधेयको सम्बन्धमा समितिले गरेको निर्णयको प्रतिवेदन पेश गरेका थिए । यसैगरी प्रदेशसभा अर्को सुचना जारी नभएसम्मको लागि स्थगित गरिएको सभामुख सानुकुमार श्रेष्ठले बताउनुभयो ।
क













