बागमती प्रदेश प्रमुख शर्माद्वारा दुई वटा विधेयक प्रमाणीकरण

स्वर्णिम खबर
२१ असार २०७९, मंगलवार १७:२८

२१ असार, हेटौँडा । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलवार दुई वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ ।
प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा २०१ को उपाधारा (१) बमोजिम आर्थिक वर्ष २०७९÷८० को सेवा र कार्यका लागि प्रदेश सञ्चितकोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश सरकारको अर्थसम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको हो ।
प्रदेशसभाको असार १६ गते बसेको बैठकबाट पारित भई नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम सभामुखबाट प्रमाणित विधेयक प्रदेश प्रमुख शर्माबाट प्रमाणीकरण भएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता समेत रहेका उपसचिव कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०७९÷८० को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले प्रदेश सरकारलाई खर्च गर्न र प्रदेश सरकारको अर्थसम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयकले राजश्व संकलनका लागि बाटो खोलेको प्रदेश प्रमुख कार्यालयका कानुन अधिकृत प्रकाश चापागाईंले जानकारी दिनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*