एसपीपी सम्झौता केपी ओलीले अघि बढाएको होः बामदेव गौतम
३ असार, काठमाडौँ । पूर्व उपप्रधानमन्त्री बामदेव गौतमले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अघि बढाउने काम गरेको दावी गर्नु भएको छ ।
सांसद गौतमले यो प्रोग्राम सुशील कोइराला नेतृत्वको सरकारले गरेको हो भन्ने कुरा संसदमा आएपछि आफूले खोजीनीति गरेको र प्रधानमन्त्रीको रुपमा एमाले अध्यक्ष ओलीले नै सो प्रस्ताव अघि बढाएको पाइएको बताउनु भएको हो । कोइराला नेतृत्वको सरकारमा गौतम उपप्रधानमन्त्री हुनुहुन्थ्यो । यसको सुरुवात जसले गरेपनि त्यसबेलाका प्रधानमन्त्री ओली यसलाई अघि बढाउन काममा संलग्न हुनुभएको उल्लेख गर्दै उहाँले सदनलाई पनि सो कुरा बताउनुपर्ने माग गर्नु भयो । उहाँले अध्यक्ष ओलीप्रति संकेत गर्दै सो सत्यकुरा बताउँदा कुनै पनि पार्टी र त्यसका नेताको व्यक्तित्व सानो नहुने बताउनु भयो ।
सांसद गौतमले सरकार र सरकारको नेतृत्वको गरेको काँग्रेसले अघि नबढाउने भनेपछि एसपीपी सम्बन्धि समस्या समाधान भएको पनि पटकपटक दोहो¥याउनु भयो । प्रधानमन्त्री देउवाले एसपीपीबारे संसदमा उठेका प्रश्नको जवाफ आफैंले नदिएर संसदीय मर्यादामाथि आघात पु¥याएको उहाँले दावी समेत गर्नुभयो । एसपीपी सम्झौताबाट अलग हुनुपर्दा चिन्ता लागेको होकी भनेरे सांसद् गौतमले प्रधानमन्त्री देउवालाई प्रश्न गर्नुभयो ।
उहाँले सो प्रस्तावबारे संसदमा आएर जवाफ दिन भने प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गर्नुभयो ।













