एसपीपीबारे प्रधानसेनापति शर्माः सञ्चारमाध्यममा आएको डकुमेण्ट सरकारी हैन
३ असार, काठमाडौँ । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले एसपीपीबारे सञ्चारमाध्यममा आएको डकुमेण्ट सरकारी नभएको दाबी गर्नुभएको छ ।
शुक्रवार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको छलफलमा बोल्दै प्रधानसेनापति शर्माले सञ्चारमाध्यममा आएको डकुमेण्ट सरकारी नभएको दाबी गर्नुभएको हो । उहाँले नेपाली सेनाले कदापि नेपाली जनताको भावनाबिरुद्ध काम नगर्ने भन्दै नेपालको एकता, नेपाली जनताले बुझेको कुरालाई भ्रम पार्ने हिसावले केही मानिसले उचालेको बताउनु भयो । प्रधानसेनापनि शर्माले एसपीपी कुनैपनि हालतमा नेपाललाई काम नरहेको भन्दै मानवीय सहायता बाहेक सैनय सहायतामा समावेश हुने कुरा नेपाली नेनालाई मान्य नहुने बताउनु भयो ।
प्रधानसेनापति शर्माले नेपाली सेनाले २७ अक्टोबर सन् २०१५ मा एसपीपीलाई लेखेको पत्र भूकम्पका बेलामा मानवीय सहयोगका लागि मात्र लेखिएको बताउनु भयो । उहाँले उक्त पत्रमा कुनैपनि सैन्य सम्झौतामा जोडिने कुरा उल्लेख नरहेको भन्दै सैन्य सम्झौतामा जोडिने कुरा नेपाली सेनालाई स्वीकार्य नहुने बताउनु भयो । प्रधानसेनापति शर्माले त्यसपछिका दिनमा पनि दुईवटा चिठी लेखिएको तर उक्त चिठी अमेरिकी सरकारबाट उटा राज्यको स्टेट पार्टनरसिप प्रोग्राममा दिइने फण्डका लागि मात्रै भएको स्पष्ट पार्नुभयो । उहाँले उक्त फण्डले हालसम्म नेपाली सेनालाई विपद्का बेला आवश्यक पर्ने औजारहरु मात्रै सहयोग गरेको र कुनै गोलीबारुद नदिएको दाबी गर्नुभयो । प्रधानसेनापति शर्माले नेपाली सेनाले नेपालको परराष्ट्रनीतिको बरखिलाफ हुनेगरी कहिल्यै सम्झौता नगरेको पनि बताउनु भयो ।
प्रधानसेनापति शर्माले नेपाली सेना असंलग्न परराष्ट्रनीतिको बारेमा गम्भीर रहेकोले आगामी दिनमा पनि सैनिक पार्टनरसिप नहोस्, नबनियोस्, हुन नपरोस् भन्ने कुरालाई ध्यानमा राखेर नेपालको परराष्ट्रनीति र छिमेकीलाई ध्यानमा राखेर काम गर्ने बताउनु भयो । उहाँले एसपीपीको विषयमा नेपाली सेनाले कुनै सम्झौता नगरेको भन्दै यसलाई अतिरञ्जित नगर्न आग्रह गर्नुभयो ।
प्रधानसेनापति शर्माले नेपाली सेना र अमेरिकाको रक्षा मन्त्रालयसँगको सम्बन्ध प्रगाढ, नेपालको परराष्ट्र नीतिलाई सहयोग पु¥याउने र परराष्ट्र नीति अन्तर्गतको सैनिक कुटनीतिलाईसमेत सहयोग पुग्ने हिसावले आफ्नो भ्रमण हुने बताउनु भयो ।













