प्रधानमन्त्रीलाई माधव नेपालको आग्रहः ह्विस्की ख्वाएर, फकाउने गरिन्छ, ख्याल गर्नुहोला

स्वर्णिम खबर
३ असार २०७९, शुक्रबार १२:५०

३ असार, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अमेरिका भ्रमणमा ह्विस्की ख्वाएर सम्झौतामा हस्ताक्षर गराउन सक्ने भन्दै सचेत र शतर्क रहन प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराउनुभएको छ ।
शुक्रवार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको छलफलमा बोल्दै अध्यक्ष नेपालले परराष्ट्र रणनीतिमा कहिलेकाहीँ दबाब नभइ फकाएर, प्रलोभनमा पारेर र ह्विस्की, मिठाइ ख्वाएर पनि अवाञ्छनीय गतिविधि गर्ने गरेकोप्रति प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) का फरक फरक धारणा आइरहँदा र पछिल्ला केही घटनाक्रमले आशंका पैदा गरेको पनि बताउनु भयो । अध्यक्ष नेपालले अहिलेको सरकार नेपालको असंलग्न परराष्ट्रनीतिमा अडिग रहन तयार छ कि छैन भन्दै प्रश्नसमेत गर्नुभयो । उहाँले सरकारका पछिल्ला केही गतिविधिले प्रश्नहरु खडा गरेको र आशंका उब्जाएको भन्दै देशको हीतको बारेमा बोल्ने वा गर्ने कुरामा खुट्टा कमाउनु नहुने बताउनु भयो । अध्यक्ष नेपालले एसपीपीबारे उठेका सबै प्रश्नको जवाफ सरकारले दिनुपर्ने बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*