नीति तथा कार्यक्रममाथि छलफलः प्रतिपक्षले दिए नारै नाराको संज्ञा, सत्तापक्षले गरे बचाउ

स्वर्णिम खबर
१८ जेष्ठ २०७९, बुधबार १९:१९

१८ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारले पेश गरेको आगामी आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम माथि छलफल भएको छ ।
बुधबार दिउँसो बसेको प्रदेशसभा बैठकमा सांसद्हरुले आफ्नो धारणा राखेको हुन् । छलफल भाग लिँदै पूर्व मुख्यमन्त्री एवम् प्रमुख प्रतिपक्षी दलका नेता अष्टलक्ष्मी शाक्यले सरकारको नीति तथा कार्यक्रम आधारहीन भएको टिप्पणी गर्नुभयो । प्रतिपक्षसंग कुनै छलफल नगरी चुनाव केन्द्रित कार्यक्रम ल्याएको नेतृ शाक्यले आरोप लगाउनुभयो । उहाँले कार्ययोजना बिना कार्यक्रम ल्याएको प्रतिक्रिया दिनुभयो । त्यस्तै प्रतिपक्षी दलका अन्य सांसद्हरुले पनि नीति तथा कार्यक्रमलाई नारा नै नाराको संज्ञा दिएको छ । सुन्दा मिठो भएपनि नीति तथा कार्यक्रम कार्यान्वयनमा जान नसक्ने ठोकुवा उनीहरुले गरेका छन् । यता सत्तापक्षका सांसदले भने नीति तथा कार्यक्रमको बचाउ गरेका छन् । उनीहरुले प्रदेश सरकारले नागरिकको जीवन रक्षालाई पहिलो प्राथमिकतामा राखी नीति कार्यक्रम ल्याएको बताएका छन् । केही चुनौतीपूर्ण कार्यक्रमहरु रहेपनि त्यसको प्रभावकारी कार्यान्वयनमा भने उनीहरुले सरकारलाई सचेत गराएका छन् । प्रदेशसभाको अर्को बैठक बिहिबार बिहान ८ बजे बस्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*