पेट्रोलियम पदार्थलाई बिस्थापित गर्ने नीति सरकारले लिएको छः मन्त्री कार्की

स्वर्णिम खबर
११ जेष्ठ २०७९, बुधबार १७:५७

११ जेठ, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पेट्रोलियम पदार्थलाई बिस्थापित गर्ने दिशामा सरकारले नीति लिएको बताउनुभएको छ ।
बुधवार मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री कार्कीले यस्तो बताउनुभएको हो । उहाँले अहिले भएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि सरकारको कारणले नभई अन्तर्राष्ट्रिय बजारको मापदण्ड अनुसार वृद्धि भएको पनि स्पष्ट पार्नुभयो । मन्त्री कार्कीले नेपालमा उर्जाको उत्पादन बढीरहेकोले अबका दिनमा बिजुलीबाट चल्ने सवारी साधन र भान्सामा पनि विद्युतीय सामग्रीको प्रयोग बढाउनु पर्ने बताउनुभयो । उहाँले आगामी दिनमा उर्जालाई प्रमुख प्राथमिकतामा राखेर दैनिक उपभोग्य कुराहरु पेट्रोलियम पदार्थ, भान्सामा प्रयोग हुने ग्यासलाई बिस्थापन गरेर सुन्दर र सफा मुलुकको रुपमा विकास गर्ने लक्ष्य रहेको बताउनु भयो ।
मन्त्री कार्कीले नागरिकता विधेयक देशको आवश्यकताभित्र पर्ने स्पष्ट पार्नुभयो । उहाँले नागरिकता समस्या देशमा नराख्ने सरकारको स्पष्ट धारणा भएको भन्दै नीति तथा कार्यक्रममा पनि सबैको सहमतिमा विधेयक चाँडै पारित गर्ने सोच सरकारले राखेको बताउनु भयो ।
मन्त्री कार्कीले नागरिकता विधेयक सबैको सहमतिमा चाँडै पारित गरेर नागरिकताको समस्याबाट देशलाई मुक्त गराउन जरुरी रहेको बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*