हेटौडामा गठबन्धन अगाडी
मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा मेयरमा रोचक प्रतिस्पर्धा देखिएको छ । हालको ताजा मत परिणम अनुसार गठवन्धनकी मिना कुमारी लामाले २४६८ मत प्राप्त गरी पहिलो स्थानमा रहेकी छिन् भने राप्रपाका दिपकबहादुर सिंह २४४४ मत प्राप्त गर्दै दोश्रो स्थानमा रहेका छन् । हेटौंडा उपमहानगरपालिकाको कुल गनेको मत ८२७१ अन्तरर्गत नेकपा एमालेका उम्मेद्वार अनन्तप्रसाद पौडेल भने २३६० मत प्राप्त गर्दै तेश्रो स्थानमा रहेका छन् । उपमेयरमा भने गठबन्धनका नेपाली काग्रेसका राजेश बानियाले ३५९८ मत प्राप्त गर्दै अगाडि बढिरहेका छन् । उनलाई पछ्याउदै नेकपा एमालेकी सूमित्रा काफ्ले पराजूली २७९८ मत प्राप्त गरेकी छिन् ।













