एमालेको निष्कर्षः गर्भनरलाई निलम्बन गर्नु सरकारको गलत कदम

स्वर्णिम खबर
२७ चैत्र २०७८, आईतवार १९:०३

२७ चैत्र, काठमाडौँ । नेकपा (एमाले)ले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्ने गरी थालिएको निलम्बनको कारबाही तुरुन्त फिर्ता लिन चेतावनी दिएको छ ।
आइतबार एमालले वर्तमान मुलुकको अर्थतन्त्रको विषयमा पत्रकार सम्मेलन गर्दै सरकारले आफ्नो कदम नसच्याए अर्थतन्त्र धराशायी हुने र यसबाट गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ । पत्रकार सम्मेलनमा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकारले राष्ट्र बैंकका गभर्नर निलम्बन गर्ने काम गलत गरेको बताउनु भयो । आफू अर्थमन्त्री हुँदा ल्याएको लोकप्रिय बजेटलाई असफल पार्न ल्याइएको प्रतिस्थापन बिधेयकका कारण देश गम्भीर संकटमा फस्दै आएको उहाँले दाबी गर्नुभयो । पूर्वअर्थमन्त्री पौडेलले अर्थतन्त्रको बिग्रँदो अवस्थामा सार्थक हस्तक्षेप नगर्ने हो भने नेपाललाई श्रीलंका हुनबाट कसैले रोक्न नसक्ने बताउनु भयो ।
त्यस्तै पूर्वअर्थमन्त्री तथा पूर्व गभर्नर डा. युवराज खतिवडाले नेपाली काङग्रेसको सरकारले गभर्नर माथिको पूर्वग्राही कारबाही गैरकानुनी हुने भनेर कहिल्यै पनि ख्याल नगरेको आरोप लगाउनु भयो । खतिवडाले गठबन्धन सरकारले सबैसँग अर्थतन्त्रको विषयमा छलफल गर्नु पर्ने अवस्थामा आफ्नो नालायकिपन छोप्न गभर्नरलाई निलम्बन गरेको बताउनु भयो । उहाँले अराजक अर्थमन्त्रीको प्रभावमा प्रधानमन्त्रीले गलत नीति लिएको बताउनु भयो ।
यस्तै पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले पछिल्लो समय श्रीलंकाको अर्थमन्त्री भाग्ने अवस्था आएको भन्दै नेपालका अर्थमन्त्री पनि भाग्नु पर्ने अवस्था देखिएको टिप्पणी गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*