सहमतिको लागि २ दिन पर्याप्तः कांग्रेस, एमसीसी पास हुने नदिनेः नेकपा एस र माओवादी
४ फागुन, काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले एमसीसी सम्झौंता शुक्रबार बोलाइएको प्रतिनिधिसभा बैठकमा टेवल हुने बताउनु भएको छ ।
नेपाली काँग्रेसका नेता समेत रहनु भएका मन्त्री बडुले दलहरुबीचको सहमतिमै सो सम्झौंता अघि बढाउन आवश्यक्ता महसुस गरेरै सरकारले २ दिनको समय दिएको पनि स्पष्ट पार्नु भयो । बुधबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले एमसीसीलाई टुंगो लगाउने सार्वभौम संस्था संसद भएकाले त्यही छलफल गरेर टुंगो लगाउन सरकारले चाहिरहेको बताउनु भयो । मन्त्री बडुले सो सम्झांैतामा सहमती जुटाउन सरकारले सबै दलहरुलाई आह्वान गरिरहेको पनि स्मरण गराउनु भयो ।
यता सत्तारुढ नेकपा (एकीकृत समाजवादी) र माओवादी केन्द्रले जब्बरजस्ती एमसीसी संसदबाट पारित गर्ने प्रयास नगर्न नेपाली काँग्रेसलाई चेतावनी दिएको छ । नेपाली जनतालाई गुमराहमा राखेर गरिएको सो सम्झौंता संशोधन नभई पारित हुन नदिने दुबै पार्टीको अडान रहेको छ । अहिले गठबन्धनको सरकार भएकाले गठबन्धनभित्रै साझा धारणा नबनेसम्म एमसीसीलाई अघि बढाउनुको कुनै औचित्य नहुने दुबै दलका शीर्ष नेताहरुले तर्क गरेका छन् ।
यसैबीच एमसीसी बारे निर्णय बिहिबार दिउँसो ३ बजे सत्तारुढ गठबन्धन दलको बैठक आह्वान गरिएको छ ।













