स्थानीय तहको निर्वाचन वैशाख ३० गते एकै चरणमा गर्ने सरकारको निर्णय

स्वर्णिम खबर
२४ माघ २०७८, सोमबार १७:४५

२४ माघ, हेटौँडा । सरकारले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ ।
सोमवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचन २०७९ साल बैशाख ३० गते गर्ने निर्णय गरेको हो । स्थानीय तहको निर्वाचन देशभर एकै चरणमा गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो ।
मन्त्री कार्कीले आउँदो वैशाख ३० गते स्थानीय तहको चुनाव गर्नका लागि कानुन संशोधन गर्नु नपर्ने बताउनुभएको छ । यसअघि आयोगले जेठ ४ गते स्थानीय चुनावका लागि प्रस्ताव गरेको तर सरकारले वैशाख ३० गते देशभर एकै चरणमा चुनाव गर्ने निर्णय गरेको र आयोगको भनाइअनुसार कानुनमा खासै संशोधन आवश्यक नरहेको पनि मन्त्री कार्कीले जानकारी दिनुभयो ।
जेठ ४ गते चुनाव गर्दा केही दिन स्थानीय तह जनप्रतिनिधिविहीन हुने अवस्था आएपछि सरकारले नयाँ मिति प्रस्ताव गरेको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*