यादव पक्षलाई जसपाको आधिकारिकता, महन्थ पक्षलाई छुट्टै दल गठनको लागि अवसर

स्वर्णिम खबर
११ श्रावण २०७८, सोमबार १९:०६

११ साउन, काठमाडौं । निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जनता समाजवादी पार्टीको आधिकारिता दिएको छ ।
सोमबार यादव पक्ष र महन्त ठाकुर पक्षको ‘हेड काउन्ट’ सशरीर गणना गरेपछि आयोगको पाँच सदस्यीय इजलासले बहुमत रहेको भन्दैै यादव पक्षलाई आधिकारिता दिने निर्णय गरेको हो । जसपा केन्द्रिय कार्यकारिणी समितिको ५१ सदस्य मध्ये यादवको पक्षमा ३४ जना सदस्यहरु रहेकाले सोही पक्षलाई इजलासले आधिकारिता दिने निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनु भयो । यता, महन्थ ठाकुरको पक्षमा भने १६ सदस्यले मात्रै सनाखत गरेका थिए भने एक जनाले दुवै पक्षमा सनाखत गरेन । आयोगले ठाकुर पक्षलाई भने दल गठनका लागि अवसर दिएको छ । आयोगले राजनीतिक दल सम्बन्धि ऐन २०७३ अनुसार यादव पक्षले बहुमत देखाएकाले आधिकारिता पाएको स्पष्ट पारेको छ । प्रवक्ता श्रेष्ठले दल सम्बन्धि ऐन अनुसार नै आयोगको इजलासले सो दलको आधिकारिकताका सम्बन्धमा निर्णय गरेको स्पष्ट पार्नु भयो । यसैैबीच, यादव पक्षका नेता महेन्द्र राय यादवले महन्थ ठाकुर पक्षले दल भित्रैै बस्न चाहेमा के गर्ने भन्ने विषयमा आधिकारिता पाएको केन्द्रिय कार्यकारिणी समितिको बैठकले आधिकारिक धारण तय गर्ने प्रतिक्रिया दिनु भयो । उहाँले महन्थ ठाकुर पक्षका ४ जना नेताले प्रतिगमनलाई सघाएको, पार्टीलाई फुटाउने षडयन्त्र गरेकाले यस अघि नै साधारण समस्य समेत नरहने गरी कार्वाही गरेको पनि स्मरण गराउनु भयो । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सघाएको जसपाको यादव पक्ष आफूले आधिकारिता पाएसँगै अव सरकारमा सहभागी हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*