बाटो बिराएका नेताहरुलाई आममाफी दिने ओलीको घोषणा

स्वर्णिम खबर
७ श्रावण २०७८, बिहीबार १९:२२

७ साउन, काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले बाटो बिराएका नेताहरुलाई ‘आममाफी’ दिने घोषणा गर्नु भएको छ ।
४३ औं पुष्पलाल स्मृति दिवसको अवसर पारेर बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले पार्टी भित्र बाटो विराएकाहरुलाई मिलेर काम गर्न आग्रह गर्नु भयो । नेकपा एमालेको ओली पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका सांसदहरुलाई स्पष्टिकरण सोधेको थियो । स्पष्टिकरणबारे माधव नेपाल पक्षका सांसदहरुले जवाफ दिनु अघि नै पार्टी अध्यक्ष ओलीले एकताका लागि सबैैलाई कारवाही नगरी माफी दिने बताउनु भएको हो । अध्यक्ष ओलीले आफू नेतृत्वको सरकारलाई सारा शक्ति लागेर पनि हटाउन नसकेपछि परमादेशको सहारामा लिएर हटाएको दावी समेत गर्नु भयो । अध्यक्ष ओलीले पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारी जस्ता नेताहरुको मार्गदर्शनमा आफ्नो पार्टी अघि बढिरहने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*