प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटार प्रवेश
१ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास बालुवाटार सर्नुभएको छ ।
गत मंगलबार प्रधानमन्त्रीको सपथ लिएका देउवा शुक्रबार बिहान बुढानीलकण्ठबाट सरकारी निवास बालुवाटारमा सर्नुभएको हो । प्रधानमन्त्री देउवा बिहान (१०ः०३) बजेको शुभसाईतमा मा प्रधानमन्त्री निवास बालुवाटार प्रवेश गर्नुभएको हो । उहाँलाई निजी निवास बुढानीलकण्ठदेखि बालुवाटारसम्म सुरक्षाकर्मीले स्कटिङ गरेका थिए । सर्वोच्चको परमादेशपछि गत मंगलवार संविधानको धारा ७६ को उपधारा ५ बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।













