बजेट कार्यान्वयनको सम्बन्धमा विज्ञहरु सँग छलफल गरेर निर्णय लिनेः गृहमन्त्री खाँड

स्वर्णिम खबर
३० असार २०७८, बुधबार १४:४२

३० असार, काठमाडौं । नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँडले आर्थिक वर्ष २०७८÷८९ को बजेट कार्यान्वयनको सम्बन्धमा विज्ञहरु सँग छलफल गरेर निर्णय लिने बताउनुभएको छ ।
बुधबार गृहमन्त्रीको कार्यभार सम्हाल्दै मन्त्री खाँडले केपी शर्मा ओली नेतृत्वले अध्यादेशमार्फत् ल्याएको बजेटको कार्यान्वयनलाई कसरी अगाडी बढाउने भन्ने सम्बन्धमा वर्तमान सरकारले विज्ञ र प्रशासकहरुसँग सल्लाह गरी निर्णय लिने बताउनुभएको हो । उहाँले बजेटको अध्ययन गरी संवैधानिक र कानुनी अवस्थालाई ध्यानमा राखेर निर्णय लिने बताउनुभयो । मन्त्री खाँडले कोभिड–१९ को विरुद्ध अग्रपंक्तिमा खट्ने व्यक्तिहरुको सुरक्षाको व्यवस्था गर्नु राज्यको दायित्व भएको भन्दै उनीहरुको व्यवस्थापन गर्न र प्रोत्साहन भत्ता दिनका लागि सरकार गम्भिर रहेको पनि बताउनुभयो । उहाँले व्यवस्थापिका संसदलाई बढीभन्दा बढी सक्रिय बनाउनका लागि सरकारले भुमिका खेल्ने बताउनुभयो । ओली सरकारले ल्याएका अध्यादेशहरुको सम्बन्धमा कस्ता कस्ता अध्यादेशहरु ल्याएका छन् त्यस सम्बन्धमा पनि छलफल हुने बताउनुभयो । मन्त्री खाँडले केन्द्रीय विपत व्यवस्थापन कोष मार्फत् पूर्वी नवलपरासी जिल्लामा बाढीपहिरोबाट क्षति भएकाहरुलाई राहत दिनका लागि जिल्ला विपत व्यवस्थापन कोषलाई तुरुन्तै २० लाख रुपैयाँ पठाउनेगरी फाइलमा पहिलो हस्ताक्षर गर्नुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*