१८ गतेको बैठकमा माधव नेपाल पक्ष नआउनु अनुचित हुन्छः नेता पौडेल

स्वर्णिम खबर
१७ असार २०७८, बिहीबार १३:४०

१७ असार, काठमाडौं । नेकपा एमालेका नेता तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले असार १८ गते बोलाइएको केन्द्रीय कमिटीको बैठकमा बरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नआउनुपर्ने कुनै कारण नभएको बताउनुएको छ ।

अर्थमन्त्री पौडेलले नेकपा एमालेले २०७५ जेठ २ गते अघि रहेको पार्टी केन्द्रीय कमिटी व्युताएको अवस्थामा सबै नेताहरु तत्कालिन नेपाल कम्युनिष्ट पार्टी(नेकपा) बन्नु पूर्वको हैसियतमा बैठकमा सहभागी हुनसक्ने बताउनुभएको हो । मन्त्री पौडेलले माधव नेपाल पक्षीय नेताहरु बैठकमा नआउनु अनुचित हुने पनि बताउनुभयो । उहाँले नेताहरु बैठकमा आउने विश्वास पनि व्यक्त गर्नुभयो । अर्थमन्त्री पौडेलले पार्टीको अन्तरविरोध पार्टीको दायराभन्दा बाहिर पुगिसकेको उल्लेख गर्दै अन्तरविरोधहरुलाई पार्टीको दायरामा फर्काउनुपर्ने बताउनुभयो । उहाँले कुनै खास कालखण्डमा दलको सदस्य निर्दलीय हुन्छ भनेर संविधानको गलत व्याख्या गर्न खोजिएको टिप्पणी पनि गर्नुभयो । दलको सदस्य कहिल्यै पनि निर्दलीय नहुने उहाँले जिकिर गर्नुभयो । संवैधानिक व्यवस्थामा निर्दलीय अभ्यास गर्नु नहुनेमा उहाँको जोड छ । नेकपा(एमाले)ले बुधबार दशौँ महाधिवेशन आयोजक कमिटीलाई भंग गरी २०७५ साल जेठ २ गतेको अवस्थामा रहेको केन्द्रीय कमिटी व्युँताएको छ । सो केन्द्रीय कमिटीको बैठक असार १८ गते बोलाईएको छ । बरिष्ठ नेता माधवकुमार नेपाल पक्षको माग पनि यही रहेकोले आगामी बैठकमा नेपाल पक्ष नेताहरु बैठकमा सहभागी हुन्छन् कि हुँदैनन् भन्ने आम चासोको विषय बनेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*