सरकार जनतामाझ लोकप्रिय हुँदा पार्टीभित्र बेग्लै योजना बन्योः प्रधानमन्त्री ओली

स्वर्णिम खबर
१६ असार २०७८, बुधबार १७:४६

१६ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका ऐतिहासिक कामका कारण नेकपा एमाले जनतामाझ झन लोकप्रिय हुदै गएको बताउनुभएको छ ।
बुधबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा दशौँ महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दे उहाँले वर्तमान सरकारले ऐतिहासिक रुपमा अभूतपुर्वक ढंगले विकास निर्माणको गतिलाई अघि बढाएका कारण जनतामा लोकप्रिय हुदै गएको बताउनुभएको हो । बिमिस्टेक, लगानी सम्मेलन लगायत अन्तराष्ट्रिय स्तरका विभिन्न सम्मेलन गरेर ती सम्मेलनमा सही धारणा र विचार अघि सारेका कारण नेपालप्रति विश्वको ध्यानाकर्षण भएको दाबी पनि उहाँले गर्नुभयो । सरकारले राम्रो काम गरेर जनतामाझ लोकप्रिय हुदै जाँदमा पार्टीभित्र भित्रै बेग्लै योजना बन्दै गएको र ती योजनाहरु व्यवहारमा भद्धा ढंगले प्रकट हुदै आएको टिप्पणी उहाँले गर्नुभयो । प्रधानमन्त्री ओलीले सरकारको नेतृत्वको दुई बर्षपछि पार्टीभित्रैबाट पदीय आकांक्षाका लागि असाधारण अस्वस्थता सुरु भएको दाबी गर्नुभयो । पार्टीभित्र अस्थिरता पैदा गर्ने कार्यमा केही व्यक्तिहरु जालझेल, षडयन्त्र,तिकडमका साथ गुटबन्दिमा क्रियाशिल भएको जिकिर प्रधानमन्त्री ओलीले गर्नुभयो । अहिले त्यो खेल विरोधीहरुसंगको साँठगाठमा प्रवेश गरेको पनि उहाँले टिप्पणी गर्नुभयो । पार्टीभित्र पार्टी सञ्चालनका लागि अबैध सम्झौता गर्नुपर्ने अवस्था श्रृजना गरिएको उहाँले दाबी गर्नुभयो । उहाँले गुटबन्दीमा संलग्न केही व्यक्तिका क्रियाकलापका कारण पार्टी असहज, असामान्य स्थिति र दुर्घटनातर्फ जादैछ भन्ने स्थिति सम्म श्रृजना भएको बताउनुभयो । उहाँले पार्टी भित्रैको एक समुहले पार्टी कब्जा गर्ने उद्देश्य साथ आफुलाई साधरण सदस्यता पनि नरहने गरि निष्कासन गरेको स्मरण गर्नुभयो । पार्टी भित्रैबाट अनावश्यक झमेला झिक्ने, संसदलाई प्रभावकारी हुन नदिने, विधेयकहरु बन्न नदिएर अल्झाउने काम भएपछि आफुले संसद विघटन गरेको उल्लेख गर्दे प्रधानमन्त्री ओलीले प्रतिनिसिभा पुर्नस्थापना पछिको पहिलो दिनको संसद बैठकमा भएका क्रियाकलापको पनि चर्चा गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*