कांग्रेस प्रचण्डपथमा अग्रसरः प्रधानमन्त्री ओली
१४ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस प्रचण्डपथमा हिडेको टिप्पणी गर्नुभएको छ ।
स्वर्गीय जननेता मदन भण्डारीको ७० औ जन्मजयन्तीको अवसरमा सोमबार काठमाण्डौमा आयोजत कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली कांग्रेस प्रचण्ड पथमा हिडेको बताउनुभएको हो । उहाँले कांग्रेसका नेताहरु नाथुराम गोड्से खोजी खोज्ने र फेला नपरे नाथुराम गोड्से आफै हुने तहमा पुगेको दाबी गर्नुभयो । कांग्रेस प्रचण्डपथमा हिडेपछि प्रचण्डपथको छाँया न्यायलयमा पनि परेको दाबी प्रधानमन्त्री ओलीले गर्नुभयो । प्रधानमन्त्री ओलीले सर्वोच्च अदालत अदालत भित्रै हिंसालाई दुरुत्साहन गर्ने काम भईरहँदा पनि मौन बसेको भनी सर्वोच्च अदालतका न्यायाधीशको भूमिकाप्रति असन्तुष्ठी जनाउनुभयो । प्रधानमन्त्री ओलीले नेकपा एमालेका वरिष्ठ नेता एवं पुर्व प्रधानमन्त्री माधव कुमार नेपाललाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कार्यकर्ता र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललको पुच्छर भएको टिप्पणी गर्नुभयो । नेता नेपालले आफुले प्रधानमन्त्रीको प्रस्ताव गरेको भनी जनता माझ झुटको राजनीति गरेको दाबी प्रधानमन्त्री ओलीले गर्नुभयो । कहिले अध्यक्ष त कहिले प्रधानमन्त्रीको प्रस्ताव आएको छ भनी आफै आफ्नो महत्व बढाएर नेता नेपालले झुटको राजनीति गरेको दाबी प्रधानमन्त्री ओलीले गर्नुभयो । नेता नेपालले कम्युनिष्ट विचार धारा, सिद्धान्त र निष्ठा छोडेर नेकपाका अध्यक्ष दाहालको पुच्छर भएको दाबी प्रधानमन्त्री ओलीले गर्नुभयो । उहाँले पछिल्लो समय नेपाली राजनीतिमा नेता नेपालको चर्चा नाथुराम गोड्सेको रुपमा हुने गरेको टिप्पणी गर्नुभयो ।
प्रधानमन्त्री ओलीले राजनीतिक दलका नेताहरुले आफ्ना कार्यकर्ताहरुलाई विचार बोक्न भई स्वार्थ बोक्न लगाउने गरेको टिप्पणी गर्नुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सिद्धान्तको राजनीति भन्दा अवसरवादी स्वार्थको राजनीतिमा लागेको टिप्पणी गर्नुभयो । उहाँले लोकतान्त्रिक शासन प्रणाली विरुद्ध नै शसस्त्र युद्ध गरेर ठूलो मानविय क्षति पुराएका दाहालले कहिले गणतन्त्र आफुले ल्याएको त कहिले गणतन्त्र भन्दा राजानै राम्रो भन्दै हिडेको बताउनुभयो । अध्यक्ष दाहालले छेपारोले जस्तो गरि स्वार्थ र परिवेश अनुसार धारणा बदल्दै हिडेको टिप्पणी प्रधानमन्त्री ओलीले गर्नुभयो । प्रधानमन्त्री ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल “निलवर्ण संघार” कथाको पात्र जस्तो चरित्रको भएको दाबी गर्नुभयो । प्रचण्डको काम नै देशलाई बर्रबाद गर्ने भएको भन्दै उहाँले प्रचण्डलाई पनि पृथकतावादीहरुलाई राजनीतिकोमुल धारमा ल्याएजस्तै लोकतान्त्रिक मार्गलाई ल्याउन जरुरी रहेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले राष्ट्रिय जनमोर्चाको भूमिकामाथि पनि तिखो टिप्पणी गर्नुभयो । राष्ट्रिय जनमोर्चाले राजनीति र सिद्धान्तलाई नभई स्वार्थ नीतिलाई केन्द्रभागमा राखेर काम गरेको दाबी प्रधानमन्त्री ओलीले गर्नुभयो । उहाँले आफ्ना एकजना प्रतिनिधिलाई जसरी भएपनि मन्त्री बनाउने प्रयासमा कांग्रेसलाई समर्थन गरेको दाबी गर्नुभयो । उहाँले पछिल्लो समय राजनीतिक दल र तीनका नेताले स्वार्थ केन्द्रीत राजनीति गरेका कारण राजनीतिक सिद्धान्त, बर्गिय राजनीतिक, गन्तव्य र उद्देश्यका सवालहरु ओझेल पर्दै गएको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्रीले बौद्धिक जगतलाई क्षणिक आवेश र उत्तेजनामा नआउन आग्रह गर्नुभयो । बुद्धिजीवीहरुलाई देश र जनताप्रति उत्तरदायी भएर आफ्ना अभिव्यक्ति दिन पनि उहाँले सुझाउनुभयो । विचारलाई व्यवहारमा कार्यान्वयन गर्ने संगठित प्रयास स्वर्गीय मदन भण्डारीले गरेको भन्दै प्रधानमन्त्री ओलीले भण्डारीको राजनीतिक सोच , विचार, व्यवहार तथा समग्र योगदानको चर्चा गर्नुभयो ।













