देउवाको टिप्पणीः राष्ट्रपति प्रधानमन्त्रीको कार्यकर्ता जस्यो बन्यो

स्वर्णिम खबर
१२ असार २०७८, शनिबार १९:३२

१२ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकर्ताजस्तो बनेको टिप्पणी गर्नुभएको छ ।
शनिबार विपक्षी गठबन्धनले गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापति देउवाले आफूलाई १४९ सांसदले प्रधानमन्त्रीमा समर्थन गर्दै हस्ताक्षर गरे पनि राष्ट्रपतिले रातारात संसद विघटन गरेको भन्दै आपत्ति जनाउनुभयो । संविधानमा स्पष्ट लेखेको समेत नगर्ने राष्ट्रपतिले कसरी संविधाननको रक्षा गर्न सक्छ भन्दैं सभापति देउवाले राष्ट्रपतिको भुमिकामाथि नै प्रश्न गर्नुभयो । उहाँले सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुर्नस्थापना हुने र आफूलाई प्रधानमन्त्री बनाउन आदेश हुने विश्वास व्यक्त गर्नुभयो ।यस्तै पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपतिले गरेको क्रियाकलापलाई अदालतले सच्याउन सक्ने बताउनुभयो । उहाँले राजा ज्ञानेन्द्रले बनाएको शाही आयोग खारेज गरेर लोकतन्त्रको पक्षमा उभिएको अदालतलाई राष्ट्रपतिको बारेमा अदालतमा बहस गर्न पाइँदैन भन्न नपाइने बताउनुभयो । पूर्वप्रधानमन्त्री समेत रहनुभएका दाहालले आफूले राष्ट्रपति फालेर राजा ल्याउने नभनेको स्पष्ट पार्दै विद्यादेवी भण्डारी राजाभन्दा बढी हुन खोजेको आरोप लगाउनुभयो । यस्तै नेकपा एमालेका नेता माधवकुमार नेपालले विपक्षी गठबन्धनलाई धोका नदिने बताउनुभएको छ । शेरबहादुर देउवाको साटो आफूलाई प्रधानमन्त्री बन्न प्रस्ताव आएको, तर आफूले स्वीकार नगर्ने उहाँले बताउनुभयो । राष्ट्रियता, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशीता बचाउन पाँच दलीय गठबन्धन बनेको उल्लेख गर्दै उहाँले ओलीसँग सहकार्यको सम्भावना नरहेको स्पष्ट पार्नुभयो । नेता नेपालले आफूहरुको लडाई ओलीविरुद्ध नभई ओली प्रवृत्तिविरुद्ध भएको स्पष्ट पार्नुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*