निर्वाचन तोकिएकै समयमा हुन्छः प्रधानमन्त्री ओली

स्वर्णिम खबर
१५ जेष्ठ २०७८, शनिबार १२:०७

१५ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन तोकिएकै समयमा हुने बताउनुभएको छ ।
गणतन्त्र दिवस–२०७८ का अवसरमा शनिबार नेपाली सेनाको मुख्यालय भद्रकालीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले चुनाव हुँदैन र भएमा पनि स्वतन्त्र र निष्पक्ष हुँदैन भन्ने कुरा कुप्रचार र निराधार भएको जिकिर गर्नुभयो । सरकारले हरेक पाइलामा घेराबन्दी र विरोध मात्रै सामना गरिरनुपरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यसले अमूल्य समयलाई अकमर्णयताबाट रोक्न ताजा जनादेश माग्नु एक मात्रै विकल्प भएको दाबी गर्नुभयो । उहाँले निर्वाचन समयमा नै नहुने भन्ने भ्रममा नपर्न पनि आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले सरकारले धेरैजसो कोरोना सङ्क्रमितको निःशुल्क उपचार गरिरहेको दाबी दोहोर्याउनुभएको छ । उहाँले आफ्नो सरकारले धेरैजसो सङ्क्रमितको उपचार निःशुल्क गरिरहेको, निःशुल्क खोप अभियानलाई पनि निरन्तरता दिइरहेको जिकिर गर्नुभयो । प्रधानमन्त्री ओलीले आउँदो चुनावभन्दा अगाडि नै सबै नागरिकलाई खोप उपलब्ध गराउन प्रयास अघि बढाएको पनि दाबी गर्नुभयो । गणतन्त्रलाई नागरिकको जीवनसँग जोडेर अघि बढ्न सम्पूर्ण प्रयासहरू केन्द्रित रहेका र विकासका चौतर्फी अभियान अघि बढेको प्रधानमन्त्री ओलीको दाबी छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*