माधव नेपाल पक्षधरहरु प्रतिक्रियावादी शक्तिको मतियार भएः प्रधानमन्त्री ओली
८ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल पक्षधरहरु प्रतिक्रियावादी शक्तिको मतियार भएर निर्लज्जतापूर्वक कम्युनिष्ट आन्दोलनको विरुद्धमा लागेको बताउनुभएको छ ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा स्व. बुद्धिबहादुर रायमाझिद्वारा लिखित पुस्तक ‘पञ्चायती जेलमा तेह्र वर्ष’ विमोचनमा बोल्दै प्रधानमन्त्री ओलीले माधव नेपाल पक्षधरलाई लक्षित गर्दै नेपालमा फिजिएको उज्यालो निभाउने प्रतिक्रियावादी शक्तिहरुको मतियार भएर निर्लज्जतापूर्वक कम्युनिष्ट आन्दोलनका विरुद्धमा लागको बताउनुभएको हो । उहाँले कम्युनिष्ट आन्दोलकाविरुद्ध इतिहासमा कहिँ नदेखिएको अनुशासनहिनता र अराजकता देखिएको बताउनुभयो । प्रधानमन्त्री ओलीले प्रतिकुल अन्तर्राष्ट्रिय परिस्थितिका विच उचाईमा पु¥याइएको कम्युनिष्ट आन्दोलनलाई ध्वस्त पार्ने प्रयासस्वरुप पार्टी फुटाईएको आरोप पनि लगाउनुभयो । अदालतको फैसला अगावै पार्टी फुटाएर पार्टी फुटको दोष अदालतलाई लगाइएको उहाँले बताउनुभयो । नेता पतित भएर बिकेपछि आन्दोलनलाई सिध्याउन उद्यत्त हुने पनि उहाँको भनाई छ । उहाँले नेपाली कांग्रेसले शनिबार निकालेको प्रेस विज्ञप्तिमा राष्ट्रपतिलाई तिमी भन्ने शब्द प्रयोग गरेको भन्दै असन्तुष्टि जनाउनुभयो । नेपाली कांग्रेसको सभापतिको स्तरबाट त्यस्तो भाषा देखेपछि गणतन्त्रलाई खुइल्याउने अभियानको गहिराई कति छ भन्ने स्पष्ट भएको प्रधानमन्त्री ओलीले बताउनुभयो । प्रधानमन्त्री ओलीले नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगत १५ वर्षदेखि मानिसहरुलाई गम्भिर प्रकारका आरोपहरु लगाइरहेको पनि बताउनुभयो । प्रचण्डले असभ्यताको र संस्कारहिनताको पराकाष्ठा देखाएको उहाँको आरोप छ । प्रधानमन्त्री ओलीले नेपाली समाजलाई संस्कारयुक्त समाज बनाउनुपर्नेमा जोड दिनुभयो । पुस्तकको विमोचन गर्दै उहाँले आफ्नो जेलजिवनको स्मरण समेत गर्नुभएको थियो ।













