सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने

१९ चैत्र, काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने भएको छ ।
बिहिबार पार्टी कार्यालय परेरिसडाँडामा बसेको माओवादीका स्थायी कमिटी सदस्यहरुको अनौपचारिक बैठकले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने निर्णय गरेको हो ।शनिबार वा आइतबार स्थायी कमिटीको बैठक बसेर सरकारलाई दिएको समर्थन बारे निर्णय लिने नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । अहिले पनि परिस्थिति स्पष्ट भइनसकेको र कसरी अगाडि भन्ने निक्र्यौल गर्न दलहरुले केही समय मागेकाले समर्थन फिर्ताबारे निर्णय नभएको उहाँले बताउनुभयो । नेता श्रेष्ठले एक दुई दिन भित्रमा स्थायी कमिटीको औपचारिक बैठक बसेर वर्तमान राजनीतिक घटनाक्रमको सम्बन्धमा कसरी अगाडी बढ्ने भन्ने सम्बन्धमा निर्णय लिने बताउनुभयो ।