एसईई तयारी कक्षा अध्ययनका लागि आवश्यक शैक्षिक सामाग्री सहयोग

स्वर्णिम खबर
८ मंसिर २०८२, आईतवार १९:०३

७ मंसिर, हेटौँडा । प्याब्सन मकवानपुरका पुर्ब अध्यक्ष अधिबक्ता मदन दाहालले भीमफेदी गाउँपालिकाका एक विद्यालयमा शैक्षिक साम्रगी सहयोग गर्नुभएको छ ।
आइतबार अधिवक्ता दाहालले भीमफेदी गाउँपालिका वडा नं. २ भैसे स्थित श्री कृष्ण मा.वी का ३३ जना विद्यार्थीलाई एसईई तयारी कक्षा अध्ययनका लागि आवश्यक शैक्षिक सामाग्री सहयोग गर्नुभएको हो । उहाँले ३५ हजार मुल्य बराबरका शैक्षिक सामाग्री विद्यार्थीहरुलाई विद्यालय पुगेर हस्तान्तरण गर्नुभयो ।
विद्यालयका सहायक प्रधानाध्यपक कृष्ण प्रसाद पौडेलले विद्यालयमा आवसीय रुपमै बसेर अध्ययन गरिरहेका विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोगबाट विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सकारात्मक उर्जा मिलेको बताउनुभयो ।
कार्यक्रममा भिमफेदी गाउँपालिका वडा नम्बर २ का सदस्य किरण थिङ, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, अधिबक्ता अमृत बर्तौला लगायतको उपस्थिती रहेको थियो । अधिबक्ता बर्तौला र पुर्ब बिधार्थी बालकृष्ण बर्तौलाले बिद्यार्थीहरुलाई हौसला प्रदान गर्न शैक्षिक सामाग्री उपलब्ध गराउन आबश्यक समन्वय गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*