कुखुरा संघमा सापकोटाको नेतृत्व

स्वर्णिम खबर
२३ कार्तिक २०८२, शनिबार १८:५८

२२ कार्तिक, हेटौँडा । मकवानपुर कुखुरा व्यवसायी संघको अध्यक्षमा गोविन्द सापकोटा सर्वसम्मत चयन हुनुभएको छ ।
शनिबार भएको संघको १९ औं वार्षिक साधारणसभा एवम् छैठौं अधिवेशनले सापकोटाको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । संघको वरिष्ठ उपाध्यक्षमा श्याम सुन्दर परियार, प्रथम उपाध्यक्षमा रविन ढकाल, द्वितीय उपाध्यक्षमा लिलामणि थापा मगर, महासचिवमा प्रभाकर पुडासैनी, सचिवमा गितादत्त लुइँटेल र कोषाध्यक्षमा विकेश खत्री क्षेत्री चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा अर्जुन प्रसाद सापकोटा, रामप्रसाद बिडारी, सिताराम दंगाल, मोहन थापा, राजेन्द्र प्रसाद पुडासैनी, सूर्यबहादुर पाख्रिन, सविन सापकोटा र रामेश्वर गोपाली रहेका छन् । नयाँ समितिको कार्यकाल ३ वर्षको हुनेछ । त्यसअघि हेटौंडा उपमहानगरपालिकाका नगर उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यता एवम् संघका निवर्तमान अध्यक्ष राजेन्द्र मैनालीको सभाध्यक्षतामा उद्घाटन सत्र सम्पन्न भएको हो । नगर उपप्रमुख बानियाँले खुल्ला सिमानाको कारण हेटौंडाका व्यवसायीहरुलाई समस्या परेको बताउनुभयो । उहाँले व्यवसायीहरुलाई जुन प्रायोजनको लागि ऋण लिएको, त्यही व्यवसायमा लगानी गर्न आग्रह गर्नुभयो ।
व्यवसायीहरुसंगको सरसल्लाहमै उपमहानगरले नीति बनाउने समेत उहाँले आश्वासन दिनुभयो । उपप्रमुख बानियाँले स्थानीय सरकार जनताको घर आँगनकै सरकार भएकोले व्यवसायीहरुको पिरमर्कामा सधै साथमा रहने समेत बताउनुभयो । कार्यक्रममा कृषि तथा पशुपंक्षी विकास महाशाखा प्रमुख डा.रामप्रकाश प्रधान, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाट, उपाध्यक्ष राजु अधिकारी, महासचिव प्रतिमा श्रेष्ठ, कुुखुरा व्यवसायी संघका पूर्व अध्यक्ष गोकुलनाथ पौडेल, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*