राप्रपा मकवानपुर क्षेत्र नं. १ को अध्यक्षमा उमेश थापा चयन

स्वर्णिम खबर
२१ भाद्र २०८२, शनिबार १८:२४

२१ भाद्र, हेटौँडा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रतिनिधि सभा क्षेत्र नं. १ को अध्यक्षमा उमेश थापा चयन भएका छन् ।
शनिबार हेटौंडामा सम्पन्न क्षेत्रीय अधिवेशनले थापाको नेतृत्वमा १६ सदस्यीय कार्यसमिति गठन गरेको हो । अधिवेशनले पार्टीलाई मजबुत बनाउने, संगठन विस्तार गर्ने र युवाहरूलाई नेतृत्वमा ल्याउने उद्देश्यसहित नयाँ कार्यसमिति निर्माण गरेको जनाइएको छ ।
कार्यसमिती सदस्यहरुमा रामप्रसाद कोईराला, कबिन्द्र भट्टराई , मुरारि पौडेल, चमेली माया घिसिङ् लामा, सुदिप शाक्य, माया राना, संगिन श्रेष्ठ, विकास दुलाल, नारायण अधिकारि, भिमा कुमारी सापकोटा, विवेक बिक्रम साह, किशोर केसि खत्री, लोकनाथ चौलागाईं, सरोज गजुरेल र ईन्द्र बानिया चयन भएका छन । नव निर्वाचित अध्यक्ष थापाले आफ्नो कार्यकालमा पार्टीको नीति–कार्यक्रमलाई जनतासम्म पु¥याउने, स्थानीय मुद्दा उठाउने र क्षेत्रीय स्तरमा संगठनलाई अझ सशक्त बनाउन प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
राप्रपाका सांसद् दिपकबहादुर सिंहको प्रमुख आतिथ्यतामा कार्यक्रमको उद्घाटन भएको हो ।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा राप्रपाका सांसद दीपक बहादुर सिंहको उपस्थिति रहेको थियो । सांसद् सिंहले देशको वर्तमान राजनीतिक अवस्थाबारे टिप्पणी गर्दै राप्रपालाई वैकल्पिक शक्तिका रूपमा स्थापित गर्न सबै नेता, कार्यकर्ता र युवाहरूलाई संगठित भएर लाग्न आग्रह गर्नुभयो । उहाँले अनुशासन, इमानदारी र राष्ट्रियताको भावना राप्रपाको मूलमन्त्र भएको उल्लेख गर्नुभयो ।
अधिवेशनमा मकवानपुरका क्षेत्रीय प्रतिनिधि, स्थानीय नेता, युवा तथा महिला संगठनका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*