लोथर खोला र राप्ती खोलाको दोभानदेखि चितवनको सौराहासम्मको तटबन्ध मर्मत कार्य सुरु

स्वर्णिम खबर
१४ जेष्ठ २०८२, मंगलवार १९:१५

१३ जेठ, हेटौँडा । नदी कटान नियन्त्रणका लागि लोथर खोला र राप्ती खोलाको दोभानदेखि चितवनको सौराहासम्मको तटबन्ध मर्मत कार्य सुरु भएको छ ।
बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री श्याम बहादुर खड्काले एक समारोहबीच तटबन्ध मर्मत कार्यको शुभारम्भ गर्नुभएको हो । उक्त अवसरमा बोल्दै मन्त्री खड्काले आगामी आर्थिक वर्षको बजेटमा नदी जोखिम युक्त स्थानमा तटबन्ध निर्माणका लागि प्राथमिकताका साथ बजेट विनियोजन गरिने बताउनुभयो ।
मन्त्री खड्काले थोरै लागतमा धेरै जनतालाई प्रत्यक्ष लाभ पुग्ने योजनाहरू छनौट गर्नुपर्नेमा जोड दिनुभयो । चितवन जिल्ला अन्न उत्पादनका साथै नगदे बालीतर्फ समेत अग्रणी बनेको उहाँले बताउनुभयो । ८ किलोमिटर लामो तटबन्धको मर्मत सम्पन्न भएपछि यस क्षेत्रका हजारौं बासिन्दा सुरक्षित हुनेछन् भने सयौं हेक्टर कृषियोग्य जमिनको संरक्षण हुनेछन् । योजना सम्पन्न गर्नका लागि १६ करोड ४४ लाख रुपैयाँ मन्त्रालयले विनियोजन गरेको छ ।
जलस्रोत तथा सिँचाइ विकास डिभिजनका प्रमुख इन्जिनियर प्रकाश तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया विशिष्ट अतिथिका रुपमा रहनुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*