प्रदेश मामिला समितिद्वारा लागूऔषध पुर्नस्थापना केन्द्र र लागूऔषध ओसारपसार हुने क्षेत्रको अनुगमन

स्वर्णिम खबर
६ जेष्ठ २०८२, सोमबार ०७:३४

५ जेठ, हेटौँडा । बागमती प्रदेशको प्रदेश मामिला समितिद्वारा लागूऔषध पुर्नस्थापना केन्द्र र लागूऔषध ओसारपसार हुने मुख्य क्षेत्रको अनुगमन गरिएको छ ।
प्रदेश मामिला समितिले हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ मा सञ्चालनमा रहेको सियान पुर्नस्थापना केन्द्र र भारतबाट लागूऔषध मकवानपुर भित्रने र मकवानपुरबाट भारत तर्फ लैजाने मुख्य नाका हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ रातोमाटे क्षेत्रको अनुगमन गरेको हो ।
जनपत्र मिडिया प्रा.लि. हेटौंडा–२ को आयोजना तथा संसद सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को सहकार्यमा आयोजित अनुगमन कार्यक्रममा लागूऔषधका कारण समाजमा बढ्दै गएको विकराल समस्या, यसको न्यूनीकरणमा सहयोग पुगोस भन्ने उद्देश्यले अनुगमन गरिएको हो ।
बागमती प्रदेशको प्रदेश मामिला समितिका सभापति छिरिङ दोर्जे लामाको नेतृत्वमा सियानले सञ्चालन गरेको महिला लागूऔषध प्रयोगकर्ताहरुको पुनरस्थापना केन्द्र र पुरुष लागूऔषध प्रयोगकर्ताहरुलाई राखिएको पुर्नस्थापना केन्द्रमा अनुगम गरिएको थियो । त्यसैगरी मकवानपुरमा लागूऔषध भित्रने र बाहिरीने मुख्य नाका रातोमाटे क्षेत्रमा पनि अनुगमन गरिएको छ ।
अनुगमनका क्रममा सभापति लामाले अहिले लागूऔषध प्रयाग गरेपनि पछी समाजमा राम्रोसंग पुनरस्थापना हुनका लागि आफै चनाखो हुनुपर्ने बताउनुभयो । सरकारले जेलमा बनाएको र लागूऔषध प्रयोगकर्ताहरुलाई राख्ने पुर्नस्थापना केन्द्रहरु नबनाएको उहाँले बताउनुभयो । यस विषयमा आफुहरुले समितिमा कुरा उठाउने समेत उहाँले बताउनुभयो । मकवानपुर जिल्लामा लागूऔषध भित्रने र बाहिरीनेक्रम धेरै बढेकाले यसको न्यूनीकरणका लागि प्रहरी खटिएको र अझै पर्याप्त जनसक्ति आवश्यक रहेको उहाँले बताउनुभयो ।


अनुगमनका क्रममा प्रदेश मामिला समितिका सदस्य तथा सांसद प्रभात तामाङले साथीसंगतका कारण लागूऔषध ओसारपसार गर्ने गरिएको र यसबाट छुट्कारा लिएर समाजमा पुनरस्थापना हुन जरुरी रहेको बताउनुभयो । लागूऔषधमा फसेकै कारण आफ्नो कारणले परिवार र समाजमा समेत हानी पुर्याएकाले यसबाट सचेत रहनुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा प्रदेश मामिला समितिका सदस्य तथा सांसद कुमारी तामाङले अहिलेका युवा युवती लागूऔषधमा फस्नु भनेको ठुलो समस्या भएकाले सरकार र सरोकारवाला निकायले बेलैमा ध्यान पुर्याउनका लागि आग्रह गर्नुभयो । यस बागमती प्रदेशमा लागूऔषधको न्यूनीकरणका लागि बजेट राख्नका लागि पनि आफुले पहल गर्ने तामाङले बताउनुभयो । पुनरस्थापना केन्द्रमा बसेका युवा युवतीहरुका लागि सिप सिक्ने अवसर दिनुपर्ने उहाँले बताउनुभयो ।
अनुगमन कार्यक्रममा प्रदेश मामिला समितिका सदस्य तथा सांसद उर्मिला सुनुवारले आफ्नो जिवन अमुल्य रहेकाले लागूऔषध ओसार पसार गर्ने र सेवन गर्ने कामबाट सबै युवा युवतीहरु टाढै रहनका लागि सुझा दिनुभयो । अब समाजमा पुनरस्थापना भएपछी उदाहरणिय काम गर्न पनि उहाँले सुझाब दिनुभयो ।


कार्यक्रममा प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रीका सल्लाहकार रिकेश महर्जनले लागूऔषधले भयावह रुप लिएको बताउनुभयो । यसको नियन्त्रणका लागि प्रहरीसंगै सबै क्षेत्रको उत्तिकै सहयोग आवस्यक रहेको बताउनुभयो ।
कार्यक्रममा सियान पुर्नस्थापना केन्द्रका सञ्चालक सौजन डिसीले पुनरस्थापना केन्द्रमा सिप सिकाउने लगायतका काम गर्नका लागि सरकारी निकायबाट सहयोगको आवस्यक्ता रहेको बताउनुभयो । महिला पुनरस्थापना केन्द्र र पुरुष पुनरस्थापना केन्द्रमा पुनरस्थापीत भएपछी धेरै युवा युवतीहरुले आफ्नो पहिलेको जिवनबाट पुनरजिवन समेत पाएको बताउनुभयो ।
प्रहरी चौकी राटोमाटेका असइ सागर लुङवाले यस रातोमाटे नाका भएर धेरै लागूऔषध भित्रने र बाहिरीने भएकाले यसका नियन्त्रणका लागि आफुहरु अहोरात्र खटिएको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*