सिटिईभिटिले ३३ वटा शिर्षकमा व्यावसायिक तालिमहरु सञ्चालन गर्दै
१ जेठ, हेटौँडा । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् ( सिटिईभिटि ), बागमती प्रदेशले युवाहरुलाई स्वरोजगार र सीपमुखी बनाउने उद्देश्यका साथ तालिम कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
परिषद्ले लामो तथा छोटो अवधि ३ वर्षे देखी १८ महिने व्यावसायिक तालिमहरु सञ्चालन गर्दै आईरहेको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् ( सिटिईभिटि ) बागमती प्रदेशका सुचना अधिकारी युवराज अधिकारीले जानकारी दिनुभयो ।
परिषद्ले गरिब तथा सीमान्तकृत वर्गका युवाहरुलाई लक्षित गर्दै कम्प्युटर हार्डवेयर टेक्निशियन, बारिष्टा, कुकिङ्ग , ब्यूटी पार्लर, जेटिए, प्लम्बिङ, ईलेक्ट्रिशियन लगायतका विविध ३३ वटा शिर्षकमा व्यावसायिक सीपहरु समावेश गरिएको सुचना अधिकारीले बताउनुभयो । आफ्नै आंगिक अन्तरगत बजेट निकासा गरि तालिम संचालन गरिरहेको परिषद्ले संघिय सरकार पश्चात स्थानिय निकायहरुलाई स्वामित्व हस्तान्तरण गरि तालिमहरु संचालन गर्दा कार्य सम्पादन गर्न कठिन भएको उहाँले बताउनुभयो ।
परिषदले निशुल्क र शुल्क तिरेर तालिम संचालन गर्दै आएकोमा ईन्जिनियरिङ पर्यटन तथा, कृषि क्षेत्रमा विद्यार्थी संख्या घट्न गएकोले गत आर्थिक वर्षमा ९ सय ९० छात्रवृति रहेकोमा यस आर्थिक वर्षमा भने घटेर ९४६ मात्र रहेको उहाले बताउनुभयो । बागमती प्रदेशका सबै जिल्लाहरुमा समावेशीता र पहुँचको आधारमा तालिम संचालन गरी सीपयुक्त जनशक्ति उत्पादन गरेर प्रदेशको समग्र आर्थिक विकासमा योगदान पु¥याउने लक्ष्य रहेको बताएका छन् ।
परिषद अन्तर्गत तालिम प्राप्त गरेका व्यक्तिहरुलाई सम्बन्धित क्षेत्रमा रोजगार प्राप्त गर्न सहयोग पुग्नुका साथै केही तालिमहरु पछि व्यवसाय सञ्चालनको लागि आवश्यक पर्ने उपकरण तथा प्रारम्भिक सहयोग प्रदान गरिने पनि उहाले बताउनुभयो ।













