प्रेस चौतारी बागमती प्रदेश समितिको बैठक जिरीमा सम्पन्न

स्वर्णिम खबर
२७ बैशाख २०८२, शनिबार २०:१०

२७ वैशाख, हेटौँडा । प्रेस चौतारी नेपाल बागमती प्रदेश समितिको बैठक दोलखाको पर्यटकिय नगरी जिरीमा सम्पन्न भएको छ ।
प्रेस चौतारी बागमती प्रदेश समिति अध्यक्ष तिलकराम रिमालको अध्यक्षतामा भएको बैठकमा बोल्दै अध्यक्ष गणेश पाण्डेले चौतारीले बनाएको वार्षिक कार्ययोजना बारे जानकारी गराउनुभएको थियो ।
अध्यक्ष पाण्डेले चौतारीले यसैवर्ष तालिम वर्ष घोषणा गरेकाले पत्रकार आफु प्रशिक्षित भए मात्र जनताले सही सूचना पाउने बताउनुभयो । पत्रकारलाई कसरी टिकाउने भन्ने जिम्मेवारी चौतारीको काँधमा आएको उहाँको भनाई छ ।
त्यस्तै संगठनका महासचिव हिरामान लामाले एमाले पार्टीमाधी विभिन्न संस्थाका नाममा खुइल्याउने काम भइरहेको बताउनुभयो । संगठनको केन्द्रीय समिति बैठकले गरेका निर्णय बोकेर जिल्ला फर्केर संगठनको काममा जुट्न पनि उहाँले आग्रह गर्नुभयो ।
बैठकमा प्रेस चौतारी नेपालका सचिव तथा संगठन विभाग प्रमुुख विष्णु तारूकेले संगठनको सदस्यता अध्यावधी गर्नुपर्ने बेला आएकोले संगठनको वास्तविक अवस्था बारे जानकारी गराउनुभएको थियो ।
उहाँले बागमती प्रदेशमा प्रत्येक जिल्लामा न्यु मिडियाको बारेमा तालिम दिनुपर्ने बताउनुभयो । त्यस्तै नेकपा एमाले बागमती प्रदेश प्रचार विभाग प्रमुख भक्तकुमारी लामा, संगठनका इन्चार्ज तथा केन्द्रीय सदस्य प्रतिमा शिलवाललगायतले मन्तव्य राखेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*