मोबाइल व्यवसायी महासंघको चौथो केन्द्रीय साधारणसभाको तयारी पूरा

स्वर्णिम खबर
२५ बैशाख २०८२, बिहीबार १७:३९

२५ वैशाख, हेटौँडा । नेपाल मोबाइल व्यवसायी महासंघको चौथो केन्द्रीय साधारणसभाको तयारी पूरा भएको छ ।
बिहिबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै साधारणसभाको तयारी पुरा भएको जानकारी गराइएको हो । मोबाइल एसोसिएसन अफ नेपाल मकवानपुरको संयोजनमा वैशाख २६ र २७ गते हेटौंडा–४ स्थित रोयल पार्टी प्यालेसमा साधारणसभा हुनेछ ।
साधारणसभाको उद्घाटन वैशाख २७ गते बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले गर्नुहुने केन्द्रीय उपाध्यक्ष एवम् कार्यक्रम संयोजक छतेन्द्र आचार्यले जानकारी दिनुभयो । उद्घाटनको दिन बिहान ७ बजे प्रभातफेरीको समेत आयोजना गरिएको उहाँले बताउनुभयो । कार्यक्रम स्थल बाहिर विभिन्न मोबाइल ब्रान्ड र एक्सेसरिज कम्पनीहरूको ११ वटा स्टल समेत रहने कार्यक्रम संयोजक आचार्यले बताउनुभयो ।
कार्यक्रम आयोजनाका लागि करिब २० लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान रहेको छ । साधारण सभा विशेषतः मोबाइल व्यवसायसँग सम्बन्धित कानूनी चूनौती, समाधानका उपाय, बजारमा देखिएको अस्वाभाविक प्रतिस्पर्धा तथा प्रविधिमा आधारित व्यवसायिक अवसर र चुनौतीका विषयमा केन्द्रित रहने नेपाल मोबाइल व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष भरत भट्टराईले बताउनुभयो ।
पत्रकार सम्मेलनमा नेपाल मोबाइल व्यवसायी महासंघ बागमती प्रदेश अध्यक्ष एसिस रिजाल, मधेश प्रदेश अध्यक्ष मोहन कार्की, म्यान मकवानपुरका अध्यक्ष हरिप्रसाद न्यौपाने लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*